काठमाडौं । अस्पतालकी कर्मचारी विमला तामाङ मृत अवस्थामा भेटिएपछि काठमाडौंको बौद्धस्थित समता अस्पताल चर्चित र विवादित बन्न पुग्यो । अस्पताल मात्र होइन त्यसका सञ्चालक उत्तम सञ्जेल पनि विवादमा तानिए ।
एक सय रुपैयाँमै गुणस्तरीय शिक्षा दिएर वाह वाही पाएका सञ्जलकै नेतृत्वम सञ्चालित समता अस्पतालले पनि सय रुपैयाँमै विरामीलाई सेवा दिँदै आएको थियो । जसका कारण अस्पताल र सञ्जेलको वाह वाही थियो । तर, कर्मचारी तामाङ अस्पतालभित्रै मृत अवस्थामा भेटिनु र परिवारले उनको मृत्युलाई संकास्पद भनेपछि विवाद सुरु भएको थियो ।
मृतकका आफन्तले तामाङले आत्महत्या गरेको नभई उनको हत्या भएको आरोप लगाएपछि विवाद झन् चर्कियो । उनीहरुले प्रदर्शनसमेत गरेका छन् ।
तर, मृतकका आफन्तले लगाएको आरोप स्वीकार्न भने सञ्जेल तयार छैनन् । उनले अस्पतालले मारेको भनेर जबर्जस्ती आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘हाम्रै अस्पतालको कर्मचारीलाई कसरी मार्न सक्छौं र ? ’ सञ्जेल भन्छन्, ‘हामीले मार्ने भए सुसाइड नोट दिन्थ्यौं र र ? ’
पोष्टमार्टममा आँफै झुण्डिएर मृत्यु भएको रिपोर्ट आइसकेको उल्लेख गर्दै सञ्जेलले आफन्तले अस्पतालमाथि लगाएको आरोपमा सत्यता नभएको उल्लेख गरे । आफूहरुले सामाजिक सेवा दिँदै आएकामा मृतकले अस्पताल तोडफोड गर्दा लाखौंको क्षति भएको उनले बताए । यी सबै प्रकरणमा आफूमाथि अन्याय भएको उनको भनाइ थियो ।
प्रतिक्रिया