च्याउका ३ हजार ८ सय प्रजाति : कसरी चिन्ने विषालु च्याउ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७६, सोमबार ०५:०१

काठमाडौं । पाल्पामा केहीहप्ता अघि मात्र च्याउ खाएर ६ जनाको मृत्यु भएको छ । वर्षायाम शुरु नहुँदै विभिन्न जिल्लामा च्याउ सेवनबाट ज्यान गुमाउनेका बारेमा समाचार सार्वजनिक हुन थालेका छन् । आज हामीले च्याउका बारेमा जानकारी प्रस्तुत गर्दैछौँं ।

च्याउ हाम्रो शरीरका लागि चाहिने अतिआवश्यक पौष्टिक तत्वयुक्त खाद्य वस्तु हो । यसको सेवनले मानिसको स्वास्थ्यलाई धेरैनै फाइदा हुन्छ । संसारभर ३ हजार ८ सय भन्दा धेरै प्रजातिका च्याउ पाउन सकिन्छ ।

च्याउमा के पाइन्छ ?

च्याउ फूल नफूल्ने वनस्पति अन्तरगत पर्छ । यसका बिरुवा फन्जाई बर्गमा पर्छन । यसलाई एक प्रकारको ढुसीको रुपमा विज्ञानले पुष्टि गरेको छ । च्याउले प्रकाश संश्लेषण क्रिया गर्न सक्दैन । च्याउलाई मृतोपजीवीको रुपमा लिने गरिन्छ । त्यसैले च्याउन कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् ।

च्याउमा प्रोटिन, भिटामिनहरुमा थाइमिन, राइवोलेविन, नाइसिन, वायेटिन, इस्कर्भिक एसिड लगायत विभिन्न प्कारका मिनरल्स, विभिन्न प्रकारका एमिनो एसिड लगायतका तत्व पाईन्छ । त्यति मात्र होइन च्याउनमा भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइने हुनाले च्याउलाई पौष्टि खानाको रुपमा लिइएको हो ।

च्याउको अध्ययन झण्डै ५ हजार वर्षदेखि भैरहेको छ । अहिलेसम्मको अध्ययन अनुसार संसारभर च्याउ ३ हजार ८ सय किसिमका पाइन्छन् । त्यसमध्ये १ हजार जातिका च्याउ विषालु हुन्छन् भने २ हजार भन्दा बढी जातिका च्याउ खानका लागि योग्य हुन्छन । झण्डै २ सय प्रजातिका च्याउमा कुनै न कुनै प्रकारको औषधीय गुण पाइन्छ ।

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित छ । सिलोकाइबिन च्याउ उदासी रोग ९डिप्रेसन० को उपचारमा धेरै लाभदायक हुन सक्छ ।

सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुनस् सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ ।

विषालु च्याउन कसरी छुट्टाउने ?

वर्षायाम लागेसंगै नेपालमा हरेक वर्ष दर्जनौं व्यक्तिले च्याउ सेवनकै कारण ज्यान गुमाउँछन् । यो वर्ष पनि ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । उस्तै रंग र आकारमा पाइने हुनाले च्याउ विषालु हो र कुन खान योग्य भनेर छुट्टाउन अप्ठयारो पर्छ । धेरैले च्याउ विषालु हो वा होइन भन्ने कुरा परम्परागत ज्ञानका आधारमा गर्छन् ।

कृत्रिम रुपमा रोप्ने वा खेती गरेका च्याउ खान योग्य भएपनि खान योग्य धेरै प्रजातिका च्याउ खेति गरिदैंन । कतिपय अवस्थामा खान योग्य च्याउ कुहिन थालेपछि पनि विषालु हुन्छ । केहीलाई खाँदा अन्य खानेकुराहरुका बारेमा समेत ध्यान दिनुपर्छ । कोप्रिनस प्रजातिको च्याउ खाएकाले अल्कोहल खानु हुँदैन ।

आफूले खानका लागि योग्य हो भन्ने कुराको पुष्टि नभएसम्म च्याउको सेवन गर्नु हुँदैन । वान्ता लाग्ने, पखला लाग्ने, टाउको दुख्ने तथा रिंगटा लाग्ने लक्षण विषालु च्याउका हुन ।

केही विषालु च्याउले क्षणभरमै ज्यान लिन्छन् भने केहीले केहीदिनमा पनि ज्यान लैजान्छ । विषालु च्याउको आक्रमण रक्तसञ्चार, कलेजो तथा मृगौलामा हुन्छ । त्यसैले विषालु च्याउ खाँदा देखिने लक्षण देखिएमा तत्काल अस्पताल जान आवश्यक हुन्छ ।

सकभर व्यवसायिक रुपमा खेति गरिएका बाहेकका च्याउ खानु राम्रो हुँदैन । जतासुकैबाट वा जंगलको नजिक बेच्न राखिएका च्याउ सकभर खानु हुँदैन । च्याउको भरपर्दौ पहिचान बिना खादा मृत्युको मुखमा पुगिन्छ । त्यसैले विचार पुर्याउनु पर्छ ।

च्याउबारे गलत धारणा

किराहरूले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरू एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरू हुन्छन्, जुन निश्चित जीवजन्तुलाईमात्र हानी गर्न सक्छन् । यसैले किराहरूका लागि बिषालु नहुने च्याउहरू मानिसहरूका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।

बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ धेरै मानिसहरू पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।

बिषालु च्याउहरू स्वादिला हुँदैनन् धेरै मानिसहरू खानयोग्य च्याउहरूमात्र स्वादिला हुने र बिषालुहरू च्याउ तीतो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरू मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।

राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन् कुखुराको मासु राम्ररी पकाएर ९६० से। भन्दा माथिखाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरूले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरू जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।

बिषालु च्याउले भातलाई रातो बनाउँछ यो गलत सोचाईले पनि मानिसहरू मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरूले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।

बिषालु च्याउको टुप्पो तिखो हुन्छ एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरूमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरूमा पनि टुप्पो तिखो हुन सक्छ ।

ऐजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१