परिदृष्य बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालनमा आउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७६, सोमबार ०४:२६

काठमाण्डौं । नेपालको संविधानमा अर्थतन्त्रको तिन खम्वा मध्ये सहकारीलाई एउटा मानेको छ । तर नेपालको सहकारी अभियानले जसरी फट्को मार्नु पर्ने थियो त्यसरी अगाडीबढेको देखिदैन । विगतमा केहि सहकारी संस्थाहरु यो वा त्यो कारणले समस्या ग्रस्त रहेका छन । सहकारी विभागको तथ्याङ्कले पनि करिव १३० वटा सहकारी संस्थाहरु समस्या ग्रस्त रहेको देखाउछ । विगत ६ बर्ष देखी सञ्चालनमा नरहेको समस्या ग्रस्त अवस्थामा रहेको परिदृष्य बचत तथा ऋण सहकारी संस्था संञ्चालनमा आउने भएको छ । ६ बर्ष अगाडी संस्थामा केहि समस्या आएपछि संस्थाका अध्यक्ष राम बहादुर बस्नेत फरार रहेपछि जिल्ला अदालत काठमाण्डौमा मुद्धा चल्दै आएको छ । संस्थाका अध्यक्ष आजका दिन सम्म पनि सम्पर्कमा नआए पछि संस्थामा रहेको बचत कर्ता सदस्यहरुले नै भिभा व्याङ्गक्वेट,टेकु,काठमाण्डौमा असार ७ गते शनिवारका दिन पुराना सम्पर्कमा रहेका सञ्चालक र सदस्यहरु बीच भेलाको आयोजना गरी श्री राम सुन्दर घिमिरेको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरी संस्थालाई सञ्चालन गर्ने भएका छन । जिल्ला अदालत काठमाण्डौमा परामद भएका तमसुक कागजातका आधारमा उक्त संस्थाले करिव ३ करोड ४४ लाख रुपैया कर्जा प्रवाह गरेको र निक्षेप दावी २ करोड उननपचास लाख मात्र रहेको हुदा संस्था सञ्चालन गरी कर्जा असुली उपर गर्दै शेयर बृद्धि गरी संस्थालाई अगाडी बढाउने निर्णय समेत सो भेलाले गरेको घिमिरेले जानकारी गराउनु भयो ।

परिदृष्य बचत तथा ऋण सहकारी संस्था लि.को असार ७ गते शनिवारका दिन काठमाण्डौ,टेकु स्थित भिभा व्याङ्गक्वेटमा भएको साधारण भेलाबाट सर्वसम्मत चयन भएका पदाधिकारीहरु : अध्यक्ष श्री रामसुन्दर घिमिरे

उपाध्यक्ष श्री राजभाई श्रेष्ठ

सचिव श्री रोशन साही

कोषाध्यक्ष श्री दिनेश विडारी

सदस्य श्री माया पोखरेल

सदस्य श्री पूर्ण बहादुर लामा

सदस्य श्री सानुरत्न शाक्य रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१