काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ ।
गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । घरमा उनका बुबा ,आमा र ३ जना छोराछोरी पनि बस्थ्ये। उनीहरु भने सकुसल रहेको जिल्ला प्रहरी दार्चुलाले जानकारी दिएको छ
।
घटनामा कसरी विन्द्राको मात्रै मृत्यु भयो भन्ने बारे अनुसन्धान थालेको र घरमा आगो लगाउने शेरबहादुरलाइ पक्रेको प्रहरीले बताएको छ
।
प्रतिक्रिया