शंकरापुर अस्पतालको लापरवाही– आफैले गरेको कागज मान्दैन अस्पताल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७६, आईतवार ०५:४४

काठमाडौं । कपन बस्दै आएका काभ्रेका पूर्ण नारायण श्रेष्ठले गर्भवती श्रीमती सीता श्रेष्ठलाई डेलिभरी गराउन जोरपाटीमा रहेको शंकरापुर अस्पतालमा लगे । सीताले अस्पतालमै छोरी पाइन् । तर, शिशुको हातमा स्लाइन लगाईदिदा कसेर लगाइएको रहेछ, जसका कारण शिशुको हातमा रक्त सञ्चार हुन सकेन । सोही गल्तीले गर्दा हात काट्नुपर्ने अवस्था सिर्जना भयो ।

यो घटना २०६८ सालको हो । छोरी ९खुसी० अहिले ८ बर्षकी भइन् । शंकरापुर अस्पतालका डक्टरकोे लापरवाहीका कारण खुुसीको हात काट्नु परेपछि अस्पताल आफ्नो गल्तीलाई स्वीकार गर्दै खुसीको थप उपचारको सबै खर्च बेहोर्ने र खुसीले पढुन्जेल उनको पढाई खर्च अस्पताललेनै तिर्ने भनेर कागज गरिएको छ ।

निर्देशक कुशल थापा
तत्कालीन समयमा अस्पतालले खुसीका नाममा अक्ष्यकोष खडा गरी ३ लाख रुपैयाँ दियो र थप उपचारका लागि १ लाख ८० हजार दियो । तर अहिले आएर अस्पतालले केही नदिने भन्दै खुसीको परिवारलाई केश गर्न भन्यो ।

खुसीकी आमा सीता श्रेष्ठसँग हाम्रा टिभी जर्नलिष्ट अस्पताल पुग्दा पनि अस्पतालका निर्देशक कुशल थापाले अब अस्पतालले पैसा नदिने भन्दै अदालत जान भनिरहेको थियो । उनी आफै अस्पतालबाट अन्य धेरै व्यत्ति पीडित भएको र उनीहरु बर्षौदेखि अदालतमा झुलिरहेको बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१