एन्फाको नक्कली लोगो प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्ने ६ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७६, आईतवार ०५:४०

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नक्कली लोगो प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्ने ६ जना पक्राउ परेका छन् । काठमाडौँको नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौँ खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय रुपन्देहीका ३६ वर्षीय विष्णुप्रसाद कँडेल तथा काठमाडौँ महानगरपालिका–१७ बस्ने स्याङ्जाका ३५ वर्षीय सागर पाण्डेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

एन्फाको नयाँ लोगो
एन्फाको नक्कली लोगोसमेत प्रयोग गरी जर्सी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा महाबौद्धस्थित रेडिमेड स्टोरका सञ्चालक गोविन्द खनाल, काठमाडौँ विशालबजारस्थित एसि स्पोर्ट्स गोदामका सञ्चालक काठमाडौँ वनस्थली बस्ने रौतहटका रामशरण खरेल र काठमाडौँ सुन्धारास्थित सिटी स्पोर्टस्का सञ्चालक झापाका निलम बस्नेतलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चन्द्रदत्तको साथबाट ३२ थान जर्सी तथा विष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३३८ थान जर्सीसमेत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी कामारु ट्रेडिङ प्रालिलाई आधिकारिक बिक्रीको अधिकार छ । अन्यले यसरी नक्कली बनाएर बेचेको खण्डमा कानुन अनुसार कारबाही गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१