बन्द परिदृश्य बचत तथा ऋण सहकारी संस्था खुल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७६, आईतवार ०५:१४

काठमाडौं । केही संस्थाका बचतकर्ताले बचत रकम नपाएर दिक्क छन् भने केही संस्था बन्द भएको भएको छ । यस्तै भएको छ, परिदृश्य बचत तथा ऋण सहकारी संस्थामा । बिगत ७ बर्ष बन्द भएको
कालिमाटीमा रहेको परिदृश्य बचत तथा ऋण सहकारी संस्था पुनः संचालनमा आउने भएको छ । संस्थाले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सस्थाका अध्यक्ष रामबहादुर बस्नेत फरार भएपछि सस्था एकाएक बन्द भएको थियो । सस्थाका बचतकर्ताहरु अदालतले केहि राहत दिन्छ कि भनेर अदालतमा मुद्दा हलेता पनि संचालक बस्नेत आज सम्म फरार रहेकोले अदालतमा मुद्दा चलिरहेको छ । यता बचतकर्ता (जायरवाला ) भने सस्थालाई पुन संचालनमा ल्याएर सस्थाले लगानी गरेका ऋणलाई उठाएर हरेक बचतकर्ताहरुलाई फिर्ता गर्ने गरि सस्था संचालन ल्याउन लागिपरेका छन् ।
परिदृश्य बचत तथा ऋण सहकारी संस्था पुनः संचालनमा ल्याउन साधारण भेला समेत आयोजना गरि काम बढाउने जिम्मा बचतकर्ताहरुले नै लिएका छन् ।

बचतकर्ता मध्य श्याम सुन्धर घिमिरेको अध्यक्षतामा ९ सदस्यीय संचालक रहेर परिदृश्य बचत तथा ऋण सहकारी संस्थालाई पुनः संचालनमा ल्याउन लागेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१