काठमाडौँ । अन्तर्राष्ट्रिय बिश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीले सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा उक्त प्रस्ताव पेस गरेका थिए । नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।
पाचौं विश्व योग दिवसको अवसरमा शुक्रबार बिहान अन्तर्राष्ट्रिय योग दिवस बोष्टर मिडिया, गोकर्णेश्वर नगरपालिका ,जया मल्टिपल क्याम्पस र क्यान्सर केयर नेपालको संयुक्त आयोजनामा माकल्बारी स्थित जया मल्टिपल क्याम्पस प्रांगणमामा भब्यताको साथ सम्पन्न गरेको छ । सो समारोहमा विभिन्न संघसस्थाका प्रमुख ,समाजसेबी ,पत्रकार कलाकार जनप्रतिनिधि सहित पूर्व अर्थमन्त्री डा रामशरण महतसमेत सहभागी हुनुभएको थियो । संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ ।
योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतनाका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने योग गुरुहरु बताउँछन् ।
प्रतिक्रिया