काठमाडौं । महानगरीय अपराध महाशाखाले सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै ६ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मंगलबार मकवानपुरबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याई सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौंको विशालनगरमा ‘द एपेरिङक फर्म प्रा।लि।’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए ।
‘पौडेलले सिंगारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।
पक्राउ परेका पौडेलले काम गर्न जाने लागत पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको ६ करोड ठगी गरेको महाशाखाको दाबी छ ।
प्रतिक्रिया