गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गाउन मानिनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ भाद्र २०७१, बिहीबार ०६:२५
गायिका अञ्जु पन्तले क्रिश्चियन धर्म अंगालेको त सबैलाई थाहा नै छ । तर, उनले क्रिश्चियन भएपछि हिन्दुवादी शब्द भएको गीत नै गाउन छोडेकी छिन् । दशैको एक गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गीत गाउन नमानेकी हुन् ।

गीतकार सहदेव कोइरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्शिवादले’ बोलको गीतमा अञ्जुले आपत्ती जनाएकी हुन् ।
उनले आफू क्रिश्चियन भएको र यस्तो शब्द उच्चारण गर्न नसक्ने बताएकी थिइन् । गीतकार कोइरालाले भने-’मैले तपाई व्यवसायीक कलाकार हो । धर्म मान्नुहोस् पो हामीले भन्न सक्दैनौ । तर गीत त एक कलाकारले गाउन के हुन्छ भने, तर उहाँले मान्नुभएन ।
‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’बोलको गीत अञ्जुले नगाई फर्केकी हुन् । अब यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ हुँदैछ ।
मालाश्री रेकडिङ स्टूडियोमा अञ्जु गीत गाउन पुगेकी थिइन् । अञ्जुले सहदेव कोइरालाको शब्दमा थुप्रै हिट गीत गाइसकेकी छिन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१