अल्सर हुन नदिन के गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७६, बुधबार ०६:००

हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भएको भनिन्छ ।

-अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ, खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । सकभर पेट खाली राख्नुहुँदैन ।

-बढी चिल्लो, अमिलो र पिरो सेवन नगर्ने । त्यस्तै, सकभर जंकफुड नखाने ।

-धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने ।

-दुखाइबाट बचाउने र बाथरोगको औषधिको नियमित सेवनबाट समेत अल्सर हुने गर्छ । यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने ।

-अल्सर गराउने कीटाणुको संक्रमणबाट बच्नुपर्छ । खानामा जथाभावी मसाला र रङ आदि प्रयोग गर्नुहुँदैन ।

-सागसब्जी, फलफूल र नरम खानेकुरा प्रशस्त मात्रामा सेवन गर्ने गरेमा अल्सरबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१