नेपाली फिल्ममा सन्नीको ठुम्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७६, बुधबार ०५:२०

काठमाडौं । भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् ।

कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् ।

सन्नीले यो गीतका लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको मागअनुसार नै गीत तयार पािरएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफरसहितको टिमले निर्देशन गरेको हो ।

३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङलगायत कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् ।

आजको अन्नपूर्ण पोष्टले यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१