अमेरिकी पहिलो महिला: मेलिना ट्रम्पका आश्चर्यजनक ८ जानकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७६, बुधबार ०५:१५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संसारकै शक्तिशाली व्यक्तिको सूचीको पहिलो नम्बरमा छन् । ट्रम्प जति चर्चामा छन् उनकी श्रीमितको चर्चा नहुने कुरै भएन । हालैको बेलायत भ्रमणका क्रममा डोनाल्ड भन्दा मेलिना चर्चामा रहिन् । उनै मेलिनाका बारेमा आज हामीले आश्चर्यजनक जानकारी प्रस्तुत गर्दैछौं ।

ट्रम्पको तेस्रो श्रीमती

मेलिना क्नासु सन् १९९८ देखि डोनाल्ड ट्रम्पसंग डेटिङ्ग गर्दै आएकी थिइन् । सन् २००५ मा ट्रम्पसंग वैवाहिक जीवनमा बाँधिएकी मेलिनाले छोरा जन्माएकी छन् । उनको छोराको नाम ब्यारोन हो । ट्रम्पले सन् १९७७मा पहिलो र सन् १९९३मा दोस्रो विवाह गरेर सम्बन्ध विच्छेद गरेका थिए ।

कम्युनिस्ट देशमा जन्मिने पहिलो फस्ट लेडी

मेलिना कम्युनिस्ट देशमा जन्मिने अमेरिकाको पहिलो फस्ट लेडी हुन । मेलिना मार्सल जोसिप टिटोको शासनकालको बेला युगोस्लाभियामा जन्मिएकी थिइन् । उनी विदेशमा जन्मिएर संयुक्त राज्य अमेरिकाको पहिलो महिला बन्ने दोस्रो महिला पनि हुन् । मेलिना भन्दा पहिला लुईसा एडम्स अमेरिकाको फस्ट लेडी थिइन, जो बेलायतमा जन्मिएकी थिइन् ।

मेलिना ५ भाषा बोल्ने फस्ट लेडी

सोलोभेन, अङ्ग्रेजी, जर्मन, फ्रान्स र सर्बियन भाषामा मेलिना ट्रम्प पोख्त छिन् । ह्याइट हाउसमा मेलिना ट्रम्पले आप्रवासीहरूका मुद्दामा फरक फरक भाषामा सम्बोधन गर्छिन् । जर्मन र फ्रेन्च गेष्ट आउँदा उनीसँग रमाइ रमाई यी भाषामा कुराकानी गर्छन् ।

हिलारी क्लिंटन मेलिनाको विवाहमा सरिक

तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिंटन र उनकी पत्नी हिलारी क्लिंटन मेलिनाको विवाहमा बोलाइएका ३५० जना पाहुनामा दुई जना थिए । फ्लोरिडाको पाम बिचमा ट्रम्प र मेलिनाको विवाहमा हिलारी क्लिंटन सहभागी थिइन । सन् २०१६ मा ४५ औँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा मेलिनाका पति डोनाल्ड ट्रम्पको मुख्य प्रतिस्पर्धीमा क्लिन्टन थिइन । मत सर्वक्षणहरुले हिलारी क्लिंटनले ट्रम्पलाई पराजित गर्ने देखिएपनि रिजल्ट उल्ट आयो ।

सबैभन्दा उचाइ भएकी फस्ट लेडी

मेलिना ट्रम्पको उचाइ १८० सेमी ९ ५ फिट ११ इन्च ० छ । उनी अमेरिकाको इतिहासमा अहिलेसम्मकै अग्ली पहिलो महिला हुन् । बढी उचाइ हुने पहिलो महिलामा मिचेल ओबामा र इलेनर रुजवेल्ट पनि पर्छन् ।

ट्रम्प राष्ट्रपति नबनुन भन्ने चाहना

आफ्नो श्रीमान् संसारकै शक्तिशाली देशको राष्ट्रपति निर्वाचनको दौडमा रहँदा मेलिना ट्रम्प खुसी थिइनन् । मेलिना अमेरिकाको ४५ औ राष्ट्रपतिमा हिलारी क्लिंटन विजयी भएको हेर्न चाहन्थिन । स्वयम् डोनाल्ड ट्रम्प पनि आफू निर्वाचित हुने कुरामा विश्वस्त थिएनन् तर निर्वाचनको दिन राति ८ बजेदेखि मतगणनाका क्रममा ट्रम्पको पक्षमा लहर देखिएको थियो । ट्रम्प राष्ट्रपतिमा निर्वाचन हुने पक्का भैसकेपछि मेलिना दुख मान्दै रोएकी थिइन ।

नग्न तस्बिर सार्वजनिक गर्ने पहिलो फस्ट लेडी

मेलिना ट्रम्प फेशन मोडेल थिइन् । डोनाल्ड ट्रम्प सँग विवाह गर्नु ३ वर्ष पहिले मेलिनाले फ्रान्सको एक मासिक म्यागेजिनका लागि नग्न तस्बिर खिचाएकी थिइन । अमेरिकाको फस्ट लेडी भएपछि उनको तस्बिर अमेरिकी सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । फोटाका विषयमा राष्ट्रपति ट्रम्पले युरोपमा यस्ता चित्रहरू धेरै फैशनेबल र साधारण मानिने बताएका थिए ।

आइन्स्टाइन भिसा प्राप्त

अमेरिकामा स्थायी रूपमा बस्नका लागी मेलिनाले आइन्स्टाइन भिसा प्राप्त गरेकी छिन् । अमेरिकामा कुलीन एबि/१ कार्यक्रम अन्तरगत असाधारण क्षमता भएका मानिसहरूको लागि आइन्स्टाइन भिसा दिने प्रचलन छ । मेलिनाले सन् २००१ मा अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेकी थिइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१