विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७६, मंगलवार १३:३२

विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्ड र अफगानिस्तान बिच प्रतिस्पर्धा हुने भएको छ

म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा छ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा छ ।

अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा एउटा पनि जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई ठूलै चूनौती परेको छ आयोजक इंग्ल्यान्डले पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले हारेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग ७ विकेटले र चौथो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटले अफगानिस्तान पराजित भएको थियो ।

इंग्ल्यान्डले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो । तर आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग इंग्ल्यान्ड १४ रनले हारेको थियो । त्यसपछि बंगलादेशलाई १०६ रनले हराएको इंग्ल्यान्डले आफ्नो चौथो खेलमा वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

इंग्ल्यान्डको तुलनामा अफगानिस्तानको बलिङ उत्कृष्ट भएपनि ब्याटिङ भने खासै राम्रो प्रदर्शन गर्न सकिरहेको अवस्था छैन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१