प्रदेश ३ ले काठमाडौंलाई हरित शहर बनाउन २० करोड विनियोजन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७६, मंगलवार ०४:४१

काठमाडौ । प्रदेश नम्बर ३ ले काठमाडौं उपत्यकालाई सफा र हरित शहरको रुपमा विकास गर्न २० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश नम्बर ३ को आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६र७७ का लागि बजेट प्रस्तुत गर्दै काठमाडौंलाई हरित शहर बनाउन उक्त रकम विनियोजन गरेको हो ।

प्रदेशले काठमाडौं महानगरपालिका र नगरपालिकाहरुसँग समन्वय गरी आवश्यक उपकरण खरिदमा सो रकम सहयोग गर्ने बजेटमा उल्लेख छ ।

स्थानीय तहसँगको समन्वय र सहकार्यमा शहरी क्षेत्रमा देखिएको फोहोरजन्य वस्तुको व्यवस्थापन गर्न एकीकृत शहरी फोहोरमैला व्यवस्थापन कार्ययोजना तर्जुमा गरीएको मन्त्री ढुङ्गेलले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१