४६ हजार शिक्षकको दरबन्दी थप्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७६, मंगलवार ०४:३८

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो।

कक्षा १ देखि १० सम्म पढाउन २०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त पाँच हजार ९५९ जना शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्न लागिएको छ ।

शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिए राज्यलाई वार्षिक थप एक अर्ब ५० करोड व्यायभार पर्नेछ। मुलुकभर २७ हजार ८८३ सामुदायिक विद्यालय सञ्चालनमा छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१