दीपिकालाई १४ करोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७६, सोमबार ०५:०१

मुम्बई – बलिउड अभिनेता रणवीर सिंह आगामी स्पोर्टस् ड्रामा फिल्म ‘८३’मा पुनः एकपटक आफ्नो रियल लाइफ पत्नी दीपिका पादुकोणलाई जोडी बनाउन पाउँदा उत्साहित छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्ममा अभिनय गर्नका लागि दीपिका इच्छुक नभए पनि उनले पाएको पारिश्रमिकका कारण दीपिकाले ग्रीन सिग्नल दिएकी हुन्।फिल्म निर्माता नजिकको स्रोतले रणवीरले दीपिकालाई फिल्मका लागि मनाएको हुनसक्ने या मोटो रकम पारिश्रमिक पाएको हुनसक्ने अनुमान लगाएको छ। निर्माता स्रोतका अनुसार दीपिकाले फिल्ममा रणवीरको रिल लाइफ पत्नी बन्नका लागि १४ करोड पारिश्रमिक बुझेकी छन्।फिल्ममा दीपिका कपिलकी श्रीमति रोमी देवको भूमिका हुनेछिन् ।

भारतीय क्रिकेट टिमको कथामा आधारित यो फिल्मममा दीपिकाको भूमिका कति लामो हुन्छ भन्ने टुंगो लागिसकेको छैन।‘किनकी यो फिल्म भारतीय क्रिकेट टिमको त्यो जीतको बारेमा आधारित छ।जसमा कपिल देवको अगुवाईमा भारतीय टिमले इंग्ल्यान्ड र वेल्समा सन् १९८३ मा विश्वकप जितेको थियो।त्यसकारण पनि फिल्ममा कपिल देवकी पत्नीको भूमिका कति लामो छ भन्ने कुरा आफैंमा अन्यौलपूर्ण छ’, स्रोतले भनेको छ ।
फिल्म ‘राम लीला’, ‘पीकू’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ र आगामी फिल्म ‘छपाक’मा महत्वपूर्ण भूमिका निभाएकी दीपिकाले ‘८३’मा एउटा सानो भूमिका पाएपछि त्यसमा अभिनय गर्न असहमत थिइन्।

यसभन्दा अघि रणवीर र दीपिकाले ‘रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’मा जोडीका रूपमा अभिनय गरिसकेका छन्।फिल्म ‘८३’को निर्देशन कबिर खानले गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१