मात्र दुई हप्तामा अनुहार आकर्षक बनाउन अपनाउनुहोस् यो प्राकृतिक उपचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०७६, आईतवार ०५:३९

आकर्षक तथा सुन्दर देखिने इच्छा महिला तथा पुरुष दुबैमा हुन्छ । आर्षक देखिन महिला तथा पुरुष दुबैले अनेक बिधि तथा प्रबिधिको सहायता लिने गर्छन् । अनि यस्ता बिधिहरु प्रायजसो आधुनिक कलामा आधारित हुन्छ र महंगो पनि हुन।

यी बिधिहरु अपनाउदा अपनाउँदै पनि महिला तथा पुरुषहरुको आकर्षक देखिने इक्षा भने पुरा हुन सकेको छैन । तर आज डिसीनेपाल तपाईहरुलाई प्राचिन प्रकृतिक उपचार पद्धतीका बारेमा जानकारी गराउँदै जुन अति अचुक पनि छ ।

प्रश्न उठ्न सक्छ के प्राचिन प्राकृतिक उपचार पद्धती अपनाएर पनि अनुहार सफा तथा आकर्षक बनाउन सकिन्छ रु

अनुसन्धानले के साबित गरिसकेको छ भने अनुहारको छालालाई क्लिनजीङ तथा वासिङ माध्यमबाट पूर्ण रुपमा सफा पार्न सकिन्छ भन्ने कुरा असंभव हो । तर छालाको रेखदेखमा प्राचिन उपचार पद्धती अर्थात् एनसिएन्ट फेस स्टिमीङ पद्धती अति उपयोगी हुन्छ भन्ने कुराको जानकारी धेरैले बिर्सी सकेको हुन सक्छ ।

यसै सिलसिलामा रसियाका एम टी भी प्रस्तुतकर्ता, अनिता भोउमिकले फेस स्टिमिङ मेथडका बारेमा संझाउने र बुझाउने प्रयास गरेकि छन् । अनिताका अनुसार, उनको अनुहार चम्किलो तथा आकर्षक हुनुका कारण त्यही प्राचीन प्राकृतिक उपचार पद्धती अर्थात् फेस स्टेमिङ मेथड रहेको बताउँछिन् ।

मानिसको अनुहारको छालामा आँखाले समेत सजिलै देख्न नसकिने ससाना प्वालहरु हुन्छन् । यस्ता प्वालमा लुकेर बसेका फोहरमैला हामीले अनुहार धोइपखाली गर्दा समेत पखालिदैन। अनि यस्ता प्वालहरुलाई खोलेर सफा गरिएन भने अनुहारनै कुरुप तथा अनुहारको आकर्षण हराएर जान्छ । तसर्थ यस्ता प्वालहरुलाई प्राकृतिक बिधिद्धारा खोल्नु पर्ने हुन्छ ।

यस्ता प्वालहरुलाई कसरी खोल्ने

यी प्वालहरु अर्थात् पोर्स खोल्नका लागि आफ्नो अनुहारलाई एउटा तौलियाले ढाक्नुहोस् र तातो पानीमाथी आफ्नो तौलियाले छोपेको अनुहारलाई ३९५ मिनेटका लागि राख्नुहोस् । तर पानी चाँही पोल्ने खालको धेर तातो हुनुहुँदैन । त्यसपछि आफ्नो अनुहार सफा पानीले पखाल्नुहोस् ।

परिणाम पक्कै पनि लाभदायक भएको हुनुपर्छ । साधारणतया हामीले चिसो पानीले दैनिक जसो अनुहार धुने गर्छौ तर यो प्राकृतिक तथा घरेलु बिधि अपनाएर अनुहार धुने गर्नाले अनुहारको छालामा भएका सबै प्वालहरु खुल्ला भएका हुन्छन् र क्लिनजीङ पनि राम्रो हुन्छ ।

आफ्ना बुवाबाट सिकेको यो अनुभव अनिताले द हफिङटन पोस्टका लागि व्याख्या गरेकि हुन्।

आजभोली बजारमा अनेकौ प्रकारका उत्पादन तथा प्रविधिहरु पाइने गरेता पनि, प्राचिन कालमा रोमनहरुले प्रयोग गर्ने गरेको यो फेस स्टिमीङ मेथड छालालाई आकर्षक तथा नरम बनाइराख्न अझै पनि अति उपयोगि छ ।

यो प्रबिधि अपनाउनाले हुने अनौठो तथा लाभदायक फाइदाहरुस्

– छालाको प्वालहरु खोल्छ

– छालाका मरेका तन्तुहरुलाई हटाउँछ

– डण्डीफोर, मुखासे बिरुद्ध काम गर्छ

– अनुहारमा रगतको गतिलाई एकरुपता प्रदान गर्छ

तसर्थ, आफ्नो अनुहारलाई आकर्षक र चम्किलो बनाउन चाहनुहुन्छ भने अनुहार सफा गर्न यो प्रबिधि कमसेकम दुई हप्ता सम्म अपनाउनुहोस् ।

उपचार बिधिस्

– सर्वप्रथम आफ्नो अनुहारमा भएको मेकअपलाई सफा पानीले पखाल्नुहोस्

– आफ्नो अनुहारलाई उम्लिएको र बाफ आउँदै गरेको पानीमाथी राख्नुहोस् । यसरीगर्दा आफ्नो अनुहार पानीको धेरै नजिक भने नराख्नुहोस् ।

– आफ्नो टाउकोमाथी ठूलो तौलिया राख्नुहोस्

– यो आशनमा केही मिनेट सम्म बस्नुहोस्

– त्यसपछि चिसो पानीले आफ्नो अनुहार पखाल्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१