विवाद निम्त्याउने बुँदा
संसद्मा पेस भएको ‘गुठी विधेयक’ तत्काल खारेज र पुनर्लेखनको मागसहित राजधानीसहित देशका विभिन्न स्थामा प्रदर्शन भइरहेका छन्। देशकै पहिचान समाप्त गर्न गुठी विधेयक ल्याएको संसदलाई संस्कृति प्रेमीको आरोप छ।
विधेयक खारेजी माग गर्दै पहिलो पटक सडक प्रदर्शनमा उत्रिएका सरोकारवालामाथि आइतबार दिउँसो प्रहरीले पानीको फोहोरा हान्यो। प्रदर्शनकारीले ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेज गर’, ‘परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने प्रस्तावित गुठी विधेयक २०७५ अबिलम्ब खारेज गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
परम्परागत संस्कृति बचाउन सडकमा उत्रिएका सर्वसाधारण पानीको फोहराले आक्रोशित पारेको थियो नै। त्यसमा नुनचुक छर्किने काम सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गोकुल बाँस्कोटाको बोलीले।
बिहीबार आयोति पत्रकार सम्मेलनमा उनले गुठीलाई सामन्तवादको संज्ञा दिए। ‘हामीले सामन्तवाद अन्त्य गर्ने कि नगर्नेरु सामन्तवाद अन्त्य गर्ने कुरा गुठी, कमलरीजस्ता अनेक प्रथा जसले सामन्तवादको आर्थिक, सामाजिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, त्यसलाई हामीले भत्काउन चाहेका हौं,’ मन्त्री बास्कोटाले भने,‘हामी गणतन्त्रमा पुगिसकेका छौं। गुठीसम्बन्धी केही प्रश्न सांस्कृतिक पक्षसँग जोडिएका छन्। केही कुरा सामन्ती उत्पादन सम्बन्धलाई निरन्तरता दिने खालका पनि छन्।’
मन्त्री बास्कोटाले अभिव्यक्तिलाई केटाकेटीपना भएको संस्कृतिविद् डा।गोविन्द टण्डन बताए। ‘विधेयकमा सच्याउनु पर्ने कुरा धेरै छन्,विधेयकमा भएका त्रुटी सच्याउनतिर लाग्नु पर्ने अवस्थामा यस्तो अभिव्यक्ति दिनु केटाकेटी पना हो’, उनले भने,‘अब एउटा गुठी आयोग बनाएर छलफल गर्नुपर्छ र त्यही छलफलका आधारमा अगाडि बढ्नुपर्छ।’
गुठी विधेयकले नेवारको पुरानो संस्कृतिमाथि हमला गरेको गुठी संस्थानका पूर्वनिर्देशक राजुबाबु पाण्डेले बताए। ‘कर्मचारी मात्र संलग्न भएर विधेयक बनाउँदा यस्तै हुन्छ, विधेयकको दफा २४ले मानिसको भावनामा चोट पुर्याएको छ’, उनले भने,‘विधेयक बनाउँदा गुठीयार तथा विज्ञलाई समावेश गरेको भए यो विवाद आउने थिएन।’ अन्नपूर्णबाट
प्रतिक्रिया