जबरर्जस्ती करणी गर्ने १६ वर्षीय बालकलाई सात वर्ष कैद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ जेष्ठ २०७६, शनिबार ०४:५७

हेटौंडा । जिल्ला अदालत मकवानपुरले १६ वर्षीय बालकलाई सात वर्ष कैदको फैसला सुनाएको छ । बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको हो ।

पीडित बालिकालाई पीडकबाट रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीकोे एकल इजलासले मकवानपुरको बकैया गाउँपालिका–१० का १६ वर्षीय बालकलाई १४ वर्षीया बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

श्रेस्तेदार केशवराज कौशिकले उमेर १८ वर्ष पार नगरेकाले दोषीलाई सात वर्ष मात्र कैद सजाय गरिएको जानकारी दिनुभयो । ती बालकलाई अहिले बालसुधार गृह हेटौँडामा राखिएको छ ।

उनको उमेर १८ वर्ष पूरा भएपछि बाँकी कैद भुक्तानीका लागि कारागार पठाइने कौशिकले बताउनुभयो । बालकले गत वैशाखमा सात बालिकालाई जबरर्जस्ती करणी गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१