५२ करोड लागतमा रसुवागढीमा एकीकृत भन्सार भवन बन्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ जेष्ठ २०७६, शनिबार ०४:४८

रसुवा । ५२ करोड रुपैयाँको लागतमा रसुवामा भन्सारको नयाँ भवन बन्ने भएको छ ।

रसुवाको रसुवागढीमा एकीकृत भन्सार जाँच चौकीको निर्माण हुने भएको छ । ५४ करोड ६२ लाख रुपैयाँमा बन्ने भवनको अर्थमन्त्री डा। युवराज खतिवडाले शुक्रबार शिलान्यास गर्नुभएको हो ।

भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले नेपाल र चीन जोड्ने महत्वपूर्ण नाका रसुवागढी भएकोले यसको स्तरोन्नतीका लागि सरकारले विशेष ध्यान दिने जानकारी दिनुभयो । उहाँले काठमाडौंबाट चीन जोड्ने सबैभन्दा नजिकको नाका भएकाले यसको विकासमा सरकार गम्भीर रहेको उहाँको भनाई थियो । नेपाल र चीन जोड्ने रसुवागढी नाकामा रहेको पुरानो भवन २०७२ सालको भूकम्पले भत्काएको थियो ।

भूकम्पले भवन भत्किएपछि भन्सारले टिमुरेबाट सेवा दिइरहेको छ । नयाँ बन्ने भवनमा भन्सारका साथै क्वारेन्टाइनलगायतका सबै निकाय बस्नेछ । यसैगरी रसुवागढी भन्सार नजिकै चीन सरकारको सहयोगमा यार्ड निर्माणको काम पनि अघि बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१