नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र तीन लघुवित्त कम्पनीलाई मर्जरमा जान दियाे स्वीकृति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ जेष्ठ २०७६, शनिबार ०४:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र तीन लघुवित्त कम्पनीलाई मर्जरमा जान स्वीकृति दिएको छ । राष्ट्र बैंकले विकास बैंकलाई अन्तिम र तीन लघुवित्तलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।

बैंक सञ्चालक समितिको बैठकले सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । दुई बैंकबीच प्रादेशिक स्तरको बैंक बन्नका लागि साउन १ गतेदेखि एकिकृत कारोबार गर्ने सहमति गत माघमा भएको थियो ।

दुई बैंक बीच एक बराबर एकको अनुपातमा मर्ज गर्ने सहमति पनि भएको थियो । त्यस्तै रामा रोशन लघुवित्त, एनआरएन लघुवित्त र क्रिएटिभ लघुवित्तले राष्ट्र बैंकबाट मर्जरमा जानको लागि सैद्धान्तिक सहमति पाएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१