रेडब्लुको बिक्रीवितरणमा बन्देज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७६, शुक्रबार ०५:४५

काठमाडौं । सरकारले रेडबुलको ट्रेडमार्क नक्कल गर्ने ’रेड ब्ल्यु’ को आयात रेड ब्लु को आयातलाई रोक्का गरेको छ। रेडबुल आयात गरी बिक्री वितरण गर्दै आएको गोर्खा ब्रुअरीले गोरू जस्तो देखिने चित्र ट्रेडमार्क चोरी भएको भन्दै गत वैशाखमा उद्योग विभागमा उजुरी हालेको थियो।

पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ अनुसार रेड ब्लुको आयात रोक्का गरिएको उद्योग विभाग कानून शाखाका उपसचिव टङ्क बहादुर महतले जानकारी दिए। सो ट्रेडमार्क चोरी भएको प्रमाण भएपछि रेड ब्लुसँग ५ हजार जरिवाना लिएको उद्योग विभागले जनाएको छ।

बजारमा उस्तै देखिने तर फरक नाम भएका रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं उपलव्ध छन्। रेडब्लुको बिक्रीवितरणमा बन्देज लगाइए पनि अन्यलाई भने लगाइएको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१