विवाहपछि पहिलो पटक कुन फिल्ममा सँगै देखिँदैछन् रणवीर-दिपिका?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७६, शुक्रबार ०५:४३

मुम्बई । फराहन अख्तरको फिल्म ‘डन(३’लाई लिएर लामो समयदेखि चर्चा भइरहेको छ।

शाहरुख खानको हिट फ्रेन्चाइजीको रुपमा रहेको डनको तेस्रो सिक्वेलमा भने उनी देखिनेछैनन्। शाहरुखले नखेल्ने भएपछि निर्माताले रणवीर सिंहलाई कास्ट गर्ने बारेमा सोचिरहेका बताइएको छ।

त्यस्तै नायिकाको रुपमा दिपिका पादुकोणलाई निर्माण समूहले प्रस्ताव गरेको छ। फिल्ममा कटरीना कैफको नामसमेत चर्चामा छ। यदि दिपीकाले उक्त फिल्म पाइन् भने उनले विवाहपछि पहिलो पटक पति रणवीर सिंहसँग फिल्म खेल्ने छिन्।

पछिल्लो पटक यो जोडी सञ्जयलिला भन्सालीको चलचित्र ‘पद्यावत’मा देखिएको थियो। यो फिल्म २०१८ को हिट मानिन्छ। दिपिका र उनका पति रणविरलाई सँगै देख्न उनीहरुका फ्यान भने तीव्र प्रतिक्षामा छन्।

२००६ मा रिलिज भएको डनमा शाहरुख खान र प्रिंयका चोपडाको मुख्य भूमिका थियो। करिना कपुर अतिथि कलाकारको रुपमा देखिएकी थिइन्। २०११ मा आएको ‘डन(२’ मा शाहरुख खानलाई प्रियंका चोपडा र लारा दत्तले साथ दिएका थिए।

अव ‘डन(३’का लागि कसलाई छानिन्छ भन्ने कौतुहलता आम दर्शकहरुमाझ रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१