कति होला फोक्सुण्डो तालको गहिराइ ? विज्ञ टोलीले मापन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७६, शुक्रबार ०५:४१

नेपालकै गहिरो तालकोरुपमा परिचित डोल्पास्थित फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली बिहीबार डोल्पा पुगेको छ। शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँको छेउमै रहेको फोक्सुण्डोले नेपालकै गहिरो तालको मान्यता पाउँदै आएको छ।

पछिल्लो समयमा तालको गहिराइमा विवाद आइपछि जल तथा मौसम विज्ञान विभागले कन्सल्टेन्सीसहित विज्ञ टोली पठाएर तालको गरिराइ नाप गर्न लागेको विज्ञ ध्रुबलोचन अधिकारीले जानकारी दिएका छन् ।

नेशनल हाईड्रोलोजिकल एण्ड मेट्रोलजीकल रिर्सच सेन्टर एण्ड कन्सल्टेन्सीले तालको गहिराई मापन गर्ने अनुमति पाको थियो। विज्ञसहतिका १० जनाको टोली फोक्सुण्डो जान लागेको अधिकारीले बताए।

टोली करिब ४ दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन गरेर फर्किने उनले जानकारी दिए।२०३६ जापानीले मापन गरी फोक्सुण्डो तालको गहिराइ ६५० मिटर रहेको भनेका थिए । तर यसको आधिकारिक तथ्य विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरर्गत जल तथा मौसम विज्ञान विभागमा कतै नराखिएको स्थानीय आङबहादुर लामाले बताए।

दोस्रो पटक सन २००४ मा व्याथिमेट्रिक सर्वेविधि अपनाइ मापन गर्दा तालको गहिराइ १४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान बिभागमा पेश भएपछि तालको गहिराइ विवाद हालसम्म पनि कायमै छ।

यो ताल शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करिब ३६३५ मिटरको उचाइमा ५.९३ किलोमिटर लम्बाइ, १.८० किलोमिटर चौडाइ गरी १७.२९ क्षेत्रफलमा फैलिएको छ।पानीमा हुने किरा समेत नपाइने र दिनमा धेरै पटक रङ बदलिरहने यो ताल पर्यटकका लागि निकै आकर्षक गन्तब्य हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१