दुब्लो हुनुको केहि कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७६, शुक्रबार ०५:३५

एजेन्सी । युवा अवस्थामा दुब्लो हुनु सामान्य कुरा हो । मानिस दुब्लाउनुको पहिलो कारण खाना नै हो । खानामा पौष्टिक तत्वको कमी, अरुची, लामो समयसम्म नखाने वा पेटभर नखाने, डाइटिङ्ग गर्ने जस्ता कारण दुब्लो बन्नसक्छन् ।

विशेषगरी भन्नुपर्दा इनर्जी धेरै खर्च हुने हुँदा व्यक्ति दुब्लाउँछ । त्यस्तै विभिन्न खाले रोगले पनि मानिसहरु दुब्लाउ छन् । यद्यपि बढी मोटो हुनु राम्रोे होइन, तर उमेर र उचाइअनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।

त्यसैगरी, हर्मोनल रोगहरु जस्तै मधुमेह, थाइराइड, एडिसन डिजिज, श्वासप्रश्वासका बिरामी धेरै नै दुब्ला हुने गर्छन् । मुटु, हृदयाघात तथा डिप्रेशन बिरामी पनि दुब्लाउँदैं जान्छन् । इन्फेक्सन, क्षयरोग ९टी।वी०, एचआइभीरएड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारक बन्छन् ।

क्यान्सरको प्रमुख लक्षण नै मानिसको तौल घट्दै जाने हो । क्यान्सर लागेमा क्यान्सर सेलले हर्मोन निकाल्छ । यो हर्मोन तथा क्याटेक्सीनका कारण तौल घट्दै जान्छ ।

थाइराइड हाइपो र हाइपर गरी दुई प्रकारका हुन्छन् । हाइपो थाइराइडका कारण बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जान्छन् । हाइपर थाइराइडमा हर्मोनका कारण बिरामी दुब्लाउदै जान्छन् । जसले मुटुको चाल तथा वेसल मेटावोलीक रेट बढाउने गर्छ ।

बच्चा समयभन्दा पहिला नै जन्मेको छ भने पनि दुब्लो हुन्छ । यसको वृद्धि विकास राम्रोसँग हुन सक्दैन । त्यस्ता बच्चामा पाचन शक्तिमा कमी हुन्छ भने जेनेटिक कारण पनि दुब्लो हुने हुन्छन् । बच्चाहरुलाई प्रशस्त मात्रामा पौष्टिक तत्वको कमी हुँदा दुब्लो हुनेगर्छन् ।

त्यसकारण बच्चाको वृद्धि विकासका लागि खानामा विशेष ध्यान दिनुपर्छ । यदि मानिस निरन्तर दुब्लाउँदै गएको छ या तौल घट्दै गएको छ भने एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१