लोकप्रिय खेती गोलभेडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७६, शुक्रबार ०५:३३

काठमाडौं । छोटो समयमा निक्कै राम्रो आम्दानी हुने लोकप्रिय तरकारी खेती मध्ये गोलभेडा खेती एक हो । कम मेहनत र थोरै जनशक्तिबाट पनि राम्रो आम्दानी हुने गरेकाले गोलभेडा खेतीप्रति किसानको आर्कषण बढ्दो रहेको छ ।

गोलभेडा खेती प्राय मौसमी(बेमौंसमी कुनै पनि सिजनमा गर्न सकिन्छ । गोलभेडा खेतीको लागि पानी नजम्ने, पाहारिलो जमिन साथै मलिलो माटो उपयुक्त हुन्छ । साथै राम्रोसँग पानी बहने, माथिल्लो तहमा हल्का बलौटा र भित्री तहमा राम्रो दोमट भएको माटोमा यसको उब्जनी राम्रो हुन्छ ।

न्यानो साथै गर्मी हावापानी यस खेतीका लागि उपयुक्त मौंसम मानिन्छ । तर यो ठण्डी मौसममा पनि उत्पादन गर्न सकिन्छ । तराई, पहाड, खोचमा समेत गोलभेडा खेती सफलता पूर्वक गर्न सकिन्छ ।

मानिसहरु अहिले घरको करेसाबारी, छत, गमलामा समेत गोलभेडा रोपेर प्रस्सत उत्पादन गर्न थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१