सार्वजनिक यातायातको नयाँभाडा दर ५ घण्टा नबित्दै फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७६, शुक्रबार ०५:०६

काठमाडौँ । बिहीबार मात्रै सरकारले बढाएको सार्वजनिक यातायातको नयाँभाडा दर ५ घण्टा नबित्दै फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडादर बढाउने गर्ने निर्णय गरेको भए पनि त्यसको ५ घण्टामा नै फिर्ता भएको हो ।

विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको भएपनि ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी तिर्थराज खनालले जनाएको छ । विभागले बिहीबार दिउँसो १०र१२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१