बैंकिङ प्रणालीमा तरलता अभाव, रिपो मार्फत दुई दिनमा २५ अर्ब परिचालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७६, बिहीबार ०४:४४

काठमाडौं । बैंकिङ प्रणालीमा फेरी तरलता अभाव देखिन थालेको छ । बजारमा प्रयाप्त निक्षेप नभएको र कर्जाको माग उच्च हुँदा बैंकिङ प्रणाली दबाबमा छ । जसले गर्दा लगानीयोग्य रकमको अभाव देखिएको छ ।

बुधबार सम्म बैंक तथा वित्तीय संस्थामा करिब २५ अर्ब मात्र अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै अन्तरबैंक ब्याजदर पनि बढेर ६ प्रतिशतको हाराहारीमा पुगेको छ । जसले गर्दा वित्तीय प्रणालीमा फेरी लगानीयोग्य रकमको समस्या देखिन गएको बैंकर्सहरु बताउँछन् । गत साता वित्तीय प्रणालीमा लगानीगर्न योग्य रकम २८ अर्ब भन्दा बढी थियो ।

त्यस्तै अन्तरबैंक ब्याजदर झण्डै ७ प्रतिशत थियो । बैंकिङ प्रणालीमा तरलता चाप परेपछि बैंकहरुले अन्तरबैंक कारोबार बढाउँछ । जसले गर्दा अन्तरबैंक ब्याजदरमा उच्च वृद्धि भएको देखिन्छ । यसलाई कम गर्न केन्द्रिय बैंकले बुधबार १० अर्ब रुपैयाँ रिपो मार्फत विक्री गरेको छ । एक साता आवधिको उक्त रिपो पनि असार ४ गते बुधबार नै परिपक्व हुने छ । त्यस्तै तरलता संकट बढ्दै गएपछि जेठ ३० गते बिहीबार पनि १५ अर्ब रुपैयाँको रिपो विक्री गर्ने भएको छ । गत जेठ २१ गते एक साता अवधिको १५ अर्ब रुपैयाँको रिपो जारी गर्दा ११ बैंकले १४ अर्ब १४ करोड रुपैयाँ लगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१