सगरमाथा नचढी चढेको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७६, बुधबार १३:१०

काठमाडौँ । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको फेला परेको छ ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए । विभागमा उजुरी परेपछि उनीहरूमाथि छानबिन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन् । ‘आरोहणको प्रमाणपत्र माग गर्दै आएको प्रतिवेदनमा उनीहरूले सगरमाथा आरोहण गरेको दाबी गरे पनि प्रमाण जुटाउन सकेनन्,’ आचार्यले कान्तिपुरसँग भनिन् ।

झूटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् । पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ । यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत खटाइएको थियो । तर, रेग्मी आधार शिविरमा एक दिनमात्रै बसेर काठमाडौं फर्किएका थिए । उनले स्वास्थ्यमा समस्या आइपरेकाले आधार शिविरमा बस्न नसकेको बताए । चार विदेशी र ५ नेपाली शेर्पाले सगरमाथा आरोहण गरेको प्रतिवेदन रेग्मीले भृकुटीमण्डपस्थित विभागमा बुझाएका थिए ।

‘मलाई फोनबाट सगरमाथा आरोहण गरेर फर्कियौं भनी टिपाए,’ उनले कान्तिपुरसँग भने, ‘मलाई जे भनियो, त्यही प्रतिवेदनमा लेखेको हुँ ।’ रेग्मीको जिम्मामा १० जना सदस्य थिए । तीमध्ये २ जना गएनन्, ८ जना मात्रै सगरमाथातर्फ लागेका थिए । ‘एक जनाले मात्रै चढेको रहेछ, बाँकीले चढ्दै चढेका रहेनछन्,’ उनले भने । कान्तिपुरबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१