दार्चुलामा गणेश विनायक माविको शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७६, बुधबार ०५:०१

काठमाडौँ । दार्चुलामा शौचालय भत्किँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा ४ बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले बताएका छन् । उनका अनुसार मृत्यु हुनेमा तीन बालिका र एक बालक रहेका छन् । नौगाड गाउँपालिका–४ का ९ वर्षीय निरुता ठगुन्ना, १० वर्षीय अनुस्का धामी, ५ वर्षीय युनिका ठगुन्ना, ८ वर्षीय सुदिप धामीको मृत्यु भएको हो ।

मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८ र ९ वर्षीय ४ बालबालिका छाना भत्किँदा पुरिएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१