गर्भवती हुँदा खानैपर्ने १० खानेकुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७६, मंगलवार ०५:०२

अन्डाः अन्डामा प्रशस्त प्रोटिन र क्लोरिन हुन्छ । अन्डामा क्लोरिन समेत हुनाले यसले बच्चाको मस्ष्तिक र समग्र शरिरको बृद्धि गर्छ । अन्डामा ओमेगा ३ फ्याट हुन्छ । यो फ्याट दिमाग र दुष्टिको विकासका लागि महत्वपूर्ण हुन्छ ।

गेडागुडीः फाइबर र प्रोटिनयुक्त गेडागुडिले कब्जियत र हेमोरोइडबाट बचाउछ ।

साल्मनः यो ओमेगा ३ फ्याटी एसिडको महत्वपूर्ण स्रोत हो । यसमा पाइने प्रोटिन र भिटामिनले बच्चाको आँखा, मस्तिष्क, समग्र विकास र अन्य स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ ।

garbhawati

गुलियो आलुः भिटामिन ए, बी र सीयुक्त यो आलु पनि गर्भवती महिलालाई उत्तिकै लाभदायी छ । भिटामिन ए आमा र कोखमा रहेको बच्चाको लागि अपरिहार्य छ । भिटामिन बीले मर्निङ सिकनेसबाट बचाउनुका साथै गर्भअवस्थामा रक्त कोषिका निर्माण गर्न सहयोग गर्छ । भिटामिन सि शरिरलाई चाहिने आइरन लिनका लागि पनि आवश्यक पर्छ ।

समग्र अनाजः आइरन, सेलेनियम, म्याग्नेसियम, भिटामिन बी, आइरन फाइबरयुक्त अनाजले बच्चाको बृद्धि गर्छ । प्राय अनाजमा प्रर्याप्त फाइबर हुन्छ । फाइबरले कब्जियतबाट समेत बचाउछ ।

ओखरः ओमेगा ३ युक्त ओखरले बच्चाको दिमागको विकास र समग्र स्वास्थ्यमा महत्वपूर्ण मानिन्छ । मोनोस्याचुरेटेड फ्याट हुने ओखरले कोलेस्ट्रोल घटाउनुका साथै मुटुसम्बन्धि अन्य रोगबाट बचाउछ ।

दहीः क्याल्सियमको महत्वपूर्ण स्रोत दहीले बच्चाको हड्डीलाई मजबुत बनाउछ ।

फलफुल तथा सागसब्जीः अनार, स्याउ अंगुर, केरा, आप लगायतका मौसमी फलफुल, गाजर, साग, ब्रोकाउली लगतयका प्रशस्त हरियो सब्जी खुवाउनुपर्छ ।

बोसो नभएको मासुः प्रोटिन, आइरन र भिटामिन युक्त मासुले भ्रुणको वृद्धि गर्नुका साथै बच्चाको मांशपेशी बलियो हुन्छ ।आइरनले रातो रक्त कोषिका निर्माण गर्न सहयोग पुयाउछ, जसले एनेमियाबाट बचाउछ । बी६ ले बच्चाको तन्तु र दिमागको बृद्धि गर्छ भने बी १२ ले बच्चाको नशालाई स्वस्थ बनाउछ ।

सुन्तालाको जुसः भिटामिन सी, फोलेट र पोटासियमयुक्त यस जुसले शरिरलाई चिसोको बिरुद्ध लड्न सहयोग गर्नुका साथै शरिरलाई आइरन शोस्न सहयोग गर्छ । यो जुसले आमा र बच्चा दुबैको दाँत बलियो र स्वस्थ बनाउछ । फोलेट र पोटासले जन्मदा हुने विभिन्न कम्जोरीबाट धेरै हदसम्म बचाउछ ।

सोयबिनको दुधः यसमा पाइने फोलेट, प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन इले बच्चा र हुनेवाला आमा दुबैलाई शक्ति दिन्छ ।

-स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१