छैटौँ अनुपम साङ्गीतिक साँझ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०७६, आईतवार १४:१४

छैटौँ अनुपम साङ्गीतिक साँझ २०७६ मा गायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्युजिक अवार्ड प्रदान गरिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा खचाखच दर्शकका माझ न्यौपानेले अवार्डले आफूलाई लोक सङ्गीतका क्षेत्रमा थप काम गर्ने हौसला प्रदान गरेको बताए । उनले नेपाली लोक सङ्गीतका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएका भन्दै नगद ८ हजार ८८८ रुपैयाँ, दोसल्ला, सम्मान पत्रसहितको अवार्ड प्रदान गरिएको । शनिबार सम्पन्न सो कार्यक्रममा तीर्थहरि स्मृति अवार्ड समाजसेवी विश्वमोहन गौचनलाई प्रदान गरिएको थियो । तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा स्थापित तथा अनुपम म्युजिकद्वारा सञ्चालित सो अवार्डमा नगद ५ हजार ५५५, सम्मान पत्र र दोसल्ला रहेको थियो ।

यस्तै अनुपम सङ्गीत सम्मान गीतकार सुमन श्रापित र सङ्गीतकार डेनी निरौलालाई प्रदान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य हरिदेवी कोइराला, पत्रकार बद्र्रिविनोद प्रतीक, समाजसेवी भरत सिग्देल, पाहार ट्रस्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ, गायक पदमराज ढकाल, समाजसेवी वीरेन्द्र पालिखे, बाबा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ, अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीलगायतले सम्मान गरेका थिए ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आगामी संस्था स्थापनाको दसौँ वर्ष पुगेको अवसरमा सम्मान तथा अवार्डलाई अझै विशेष बनाइने जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावी, सहसचिव गोविन्द सिन्जाली, ईशु श्रेष्ठ र लक्ष्मी गुरुङले गरेका थिए ।

बाबा फाउण्डेशनद्वारा संरक्षित बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रममा गायक कर्म ग्याल्छेन, शीतल थापा, अनुज कुलुङ, रामभक्त जोजिजू, इतु जोजिजू, ज्ञान थापा, देवी गुरुङ, सुदिप गुरुङ, सङ्गीता श्रेष्ठ, निरुता विक, दिनेश न्यौपाने, पुरुषोत्तम न्यौपानेलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१