नेपालमा १५ प्रतिशत दम्पत्तिमा निःसन्तान समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७६, शनिबार १२:२०

राजधानीमा इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी विषयका विशेषज्ञहरुको भेला सम्पन्न भएको छ।

कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा स्वास्थ्य उपचार र औषधी अझै पनि सर्वसुलभ भइनसकेको बताए। निःसन्तान समस्या हटाउनका लागि विभिन्न प्रकारका मोर्डन टेक्नोलोजीबाट नेपालमा उपचार भइरहेकोमा उनले खुसी व्यक्त गरे।

फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष एवम् वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालले पहिला बाँझोपना व्यक्तिगत समस्या मानिएतापनि अहिले यसलाई रोगको रुपमा लिएर सरकारले सहयोग गर्नुपर्दछ। नेपालमा अहिलेसम्म २००० टेस्टट्युब जन्मिसकेको बताउँदै भविष्यमा योे क्षेत्रमा विकास गर्नका लागि सोच्नुपर्ने बताए।

नेपाल, भारत र विदेशमा एआरटि सेवामा योगदान पुर्याएको भन्दै कार्यक्रममा डा नरेन्द्र मल्होत्रा र डा जयदीप मल्होत्रालाई लाईफ टाइम एचिभमेन्ट प्रदान गरिएको थियो।

कार्यक्रममा भारत र नेपालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ तथा आइभिएफ स्पेसलिटहरुको सहभागिता रहेको थियो। निःसन्तान र अल्ट्रासाउण्डबारे अपडेट हुन आयोजना गरिएको हो।

नेपालमा निःसन्तान दम्पतिहरुको संख्या १२ देखि १५ प्रतिशत रहेको छ। फर्टिलिटी सोसाइटी अफ नेपालका अनुसार सन्तान नहुने कारणमा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला र पुरुष दुवैमा समस्या देखिएको छ।

बाँझोपन हुने कारण धेरै छन् । महिला र पुरुष दुवैको समस्याका कारण बाँझोपन हुनसक्छ । पुरुषमा वीर्य उत्पादन कम हुनु वा नहुनु, महिलामा पाठेघरमा समस्या हुनु बाँझोपनको प्रमुख कारण हो ।

स्वास्थ्यखबर डटकमबाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१