गर्भवास्थामा नरिवल खाँदा गोरो बच्चा जन्मन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७६, बुधबार ०५:३०

विज्ञानले जति प्रगति गरे पनि समाजमा परम्परादेखि विभिन्न खाले भ्रमहरुले जरा गाडिरेहेका छन् । दुरदराजका अशिक्षित व्यक्तिहरु मात्र होइन, शहरका आधुनिक मानिसहरुमा त्यस्तो भ्रम विद्यमान रहेको पाइन्छ ।

महिलाको गर्भावस्थालाई लिएर पनि धेरै खालका गलत अवधारणा नेपाली समाजमा छन् । कुनै वैज्ञानिक आधारबिनाका यस्ता अवधारणाहरु कहिलेकाहीँ घातक हुन सक्छन् । यहाँ हामी यस्ता केही भ्रम र तिनीहरुको यथार्थ प्रस्तुत गर्दैछौं ।

भ्रमः गर्भावस्थामा उल्टी हुनु एकदमै सामान्य कुरा हो ।

यथार्थः यो सत्य हो कि गर्भावस्थाका प्रारम्भिक दिनहरुमा उल्टी हुनु एकदम सामान्य हो । तर, यसलाई धेरै हल्कारुपमा भने लिनु हुँदैन । लामो समयसम्म उल्टी भइरह्यो भने गर्भवती महिलालाई मात्र होइन, पेटभित्रको बच्चालाई पनि असर गर्न सक्छ । यस्तो अवस्थामा डाक्टरको परामर्श लिनुपर्छ ।

भ्रमः गर्भवती महिलाले नरिवल खाए गोरो बच्चा जन्मिन्छ ।

यथार्थः नरिवल यस्तो फल हो जुन रेशायुक्त हुन्छ । यसको सेवन गर्भाजस्थामा लाभदायक पनि हुन्छ । तर, बच्चा गोरो वा कालो हुनुसँग यसको केही पनि भूमिका हुन सक्दैन ।

भ्रमः गर्भावस्थामा महिलाले दुई गुणा खानुपर्छ ।

यथार्थः गर्भावस्थाका दौरान महिलाको वजन धेरै बढ्यो भने डेलिभरी जटिल हुन सक्छ । यथार्थ के हो भने यस दौरान हरेक महिलालाई केवल ३ सय अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ ।

भ्रमः गर्भवती महिलाले एक्सरसाइज गर्दा बच्चालाई हानी गर्छ ।

यथार्थः यो एकदम गलत धारणा हो । यथार्थ यसको ठिक विपरित छ । डाक्टरहरु भन्छन् कि गर्भावस्थामा कुनै प्रोफेसनलको निगरानीमा नियमित एक्सरसाइज गर्नु राम्रो हुन्छ ।

भ्रमः ३० वर्षभन्दा बढिको हुनुहुन्छ भने गर्भवती हुने सम्भावना क्षीण हुन्छ ।

यथार्थः अहिलेका महिलाहरु आफ्नो करिअरप्रति अत्यन्त सजक छन् । त्यही भएर आमरुपमा उनीहरु ३० वर्षपछि मात्रै आमा बन्न चाहन्छन् । ३० वर्षपछि आमा बन्नु कुनै गाह्रो काम होइन । एग फ्रिजिङ र आइभिएफ प्रविधिले यसलाई झनै सजिलो बनाइदिएको छ ।

भ्रमः यदि सूर्य वा चन्द्र ग्रहणका क्रममा गर्भवती महिलाले कुनै काम गरिन् भने बच्चा अपांग जन्मिन्छ।

यथार्थः यो बिल्कुल फजुल कुरा हो । यसको कुनै पनि बैज्ञानिक आधार छैन।

भ्रमः यदि डेलिभरीपछि पेटमा कुनै कसिलो बेल्ट बाँधियो भने पेट स्याप्प हुन्छ।

यथार्थः यो निराधार हो । यथार्थ के हो भने यदि डेलिभरीपछि महिलाको पेटलाई कसिलो बेल्टले बाँधियो भने रक्तसञ्चारमा बाधा भएर घातकसिद्द हुन सक्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१