दूधलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । त्यसैले पनि दूध पिउँदा शरीरलाई अत्यन्त राम्रो हुने विज्ञहरुले बताउँछन्, शोधहरुको निष्कर्ष निस्कन्छ । कतिसम्म भने दैनिक एक गिलास दूध पिउँदा तौल पनि घटाउन सकिन्छ ।
दूधमा हुने आइरनलाई छोडेर अन्य पोषक तत्वहरुले पनि शरीरलाई फाइदा गर्छन् किनकि दूधमा प्रोटिन, भिटामिन ए, बी १, बी १२, क्याल्सियम, म्याग्नेसियम पाइन्छ । यसले हाम्रो शरीरका हड्डीहरुलाई बलियो बनाउनुका साथै हामीलाई राम्रो निद्रा पनि दिन्छ । हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि दूधको ठूलो भूमिका हुन्छ ।
दूध प्रोटिनको राम्रो स्रोत भएकाले पनि यसले तौल घटाउन विशेष भूमिका खेल्छ । प्रोटिनले हाम्रो शरीरमा रहेको भोक जगाउने हर्मोनको स्तरलाई कम गर्छ र हामीलाई कम खाना खाने मन हुन्छ । जसका कारण हाम्रो तौल घट्छ ।
दूधमा भिटामिन बी ३ पनि हुने भएकाले यसले शरीरमा ऊर्जा पनि कम गर्दैन । जसले गर्दा हामीलाई केही खानेकुरा खान पनि हुँदैन । त्यसैले पनि दूधले हाम्रो तौल घटाउन सहयोग गर्ने विभिन्न शोधहरुले पछिल्लो समयमा पत्ता लगाएका हुन् ।
प्रतिक्रिया