पेट दुख्ने ७ कारण र बच्ने उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७६, मंगलवार ०५:४९

हामीकहाँ एउटा भनाइ निकै प्रचलित छ, ‘ग्यास्ट्रिक त नेपालीको पहिचान नै हो ।’ यसैबाट थाहा हुन्छ, नेपालमा ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) हुनुलाई गम्भीर रुपमा लिइँदैन । पेटको दुखाइलाई सकेसम्म दबाउन खोजिन्छ । तर, पेट दुख्ने र ग्यास्ट्राइटिसको समस्यालाई यति हलुका रुपमा लिनु हुँदैन । यस्ता समस्यामा लापरबाही गर्नै हुँदैन । पेट दुख्नु कहिलेकाहीँ गम्भीर प्रकृतिका रोगको लक्षण पनि हुन सक्छ । पेट दुख्नुका पछाडि धेरै कारण हुन्छन । स्वास्थ्यका दृष्टिकोणले पेट दुख्ने कारण कुनै सामान्य हुन्छन भने कुनै जटिल । पेटलाई सामान्यतया तीन भागमा विभाजन गर्न सकिन्छ ।

१ माथिल्लो भाग (एपी ग्यास्ट्रिक र राइट एन्ड लेफ्ट हाइपोकोन्ड्रियाक रिजन)

पेटको माथिल्लो भागमा विशेषगरी ग्यास्ट्राइटिसको समस्याका कारण दुख्ने गर्छ । नेपालमा धेरैजसो मानिसलाई एपी ग्यास्ट्राइटिसको समस्या हुने गरेको पाइन्छ। त्यस्तै, राइट हाइपोकोन्ड्रिया (आरएचसी) का कारण पनि केहीलाई पेट दुख्छ । यो चाहिँ माथिल्लो भागको दाहिने पट्टि दुख्ने समस्या हो।

२ मध्य भाग (पेरिओम्लाइकल र लेफ्ट एन्ड राइट लुम्बर रिजन)

नाइटोको वरिपरिको भागलाई मध्यभाग अर्थात पेरिओम्लाइकल भनिन्छ । नाइटोको वरिपरि हुने दुखाइलाई नै ‘पेरिओम्लाइकल पेन’ भनेर बुझिन्छ।

३ तल्लो भाग (हाइपोग्यास्ट्रिक र लेफ्ट एन्ड राइट इलियाक रिजन)

तल्लो पेटको दुखाइ चाहिँ पेटभन्दा पनि मुत्रनलीको समस्यासँग सम्बन्धित हुने गर्छ । यो समस्या गाइनोकोलोजीसँग बढी सम्बन्धित हुन्छ ।

पेट दुख्नुका कारण

१ ग्यास्ट्राइटिस

खानेनली, पेट र सानो आन्द्राको कुनै भागमा घाउहरु हुनु अथवा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिकको समस्या हुने अधिकांश नेपालीमा यी र यस्तै कारणले पेट दुख्ने हुन्छ । खानाको समय नमिल्दा र धूमपान तथा मध्यपानको अत्याधिक प्रयोगले ग्यास्ट्राइटिस गराउँछ । पेटमा भएको एसिड माथि आउने क्रमलाई भने ग्यास्ट्रो इसोफ्याजियल रिप्mलेक्स डिजिज (जिइआरडी) भनिन्छ । यसले मुटु पोल्ने, पेट पोल्ने, छाती पोल्ने, अमिलो पानी मुखमा आउने, पटक–पटक डकार आइरहने हुन्छ । जिइआरडी धेरैजसो मोटो व्यक्तिमा, खानामा धेरै चिल््लो परिकार खाने, व्यायाम नगर्ने, धूमपान र मध्यपान सेवन गर्नेहरुमा बढी देखिन्छ । त्यस्तै धेरै तनाव लिने व्यक्तिमा पनि यो समस्या आउँछ । पेटमा भएको एसिड तथा खाएको खानेकुरा अलिकति मात्र माथि आउँदा खानेनलीको भित्री छालामा चोट पुग्छ । जसले गर्दा छाती पोल्ने, मुटु पोल्ने, अमिलो पानी र डकार आउने हुन्छ । जिइआरडीको समस्यालाई पनि ग्यास्ट्राइटिस भएको ठानेर आफूखुसी औषधि खाँदा सानो आन्द्रामा घाउ हुन सक्छ ।

२ पित्तथैलीमा स्टोन

कहिलेकाहीँ पित्तथैलीमा स्टोन भएमा पनि पेट दुख्छ । पित्तथैलीमा स्टोन हुँदा पित्तको थैली सुनिन्छ र पेट दुखेजस्तो हुन्छ । यसलाई मेडिकल भाषामा कोलिस्टाइटिस (एक्युट कोलिसिस्टाइटिस) भनिन्छ । यो समस्या पटक–पटक दोहोरिएमा क्रोनिक कोलिसिस्टाइटिस हुन सक्छ । दुखाइको प्रकृति हेर्दा ग्यास्ट्राइटिसले पेट दुखेजस्तो हुन्छ तर पित्तथैलीको कारण पेट दुखिरहेको हुन सक्छ । पित्तथैलीबाट सानो आन्द्रामा एउटा नली जान्छ (कमन वाइल डक्ट) र उक्त नलीमा सानो ढुंगा अड्किँदा पनि पित्तथैलीमा समस्या आउँछ र माथिल्लो पेट दुख्छ । यो समस्या भएकाहरुलाई माथिल्लो पेटको दायाँ भाग एक्कासी दुख्ने र तुरुन्तै दुखाइ कम हुने गर्छ ।

३प्यान्क्रियाटाइटिस

हाम्रो पेटमा प्यान्क्रियाज भन्ने अंग हुन्छ । जसलाई अग्नाशय भन्ने गरिन्छ । अग्नाशय पेटको पछाडीको भित्रको भागमा हुन्छ । यसको पनि खाना पचाउने नलीहरु सानो अन्द्रामा बगेको हुन्छ । कहिलेकाहीँ पित्तथैलीमा भएको स्टोनले प्यान्क्रियाजबाट आउने तत्व र पित्तथैलीबाट आउने ‘बाइलजुस’लाई अवरुद्ध गरिदिन्छ । यसका कारण प्यान्क्रियाटाइटिस हुने गर्छ । अग्नाशय सुन्निनु प्यान्क्रियाटाइटिस हो । अत्याधिक मात्रामा मध्यपान र धूमपान गर्ने मानिसलाई प्यान्क्रियाटाइटिस हुने गर्छ।

४ सानो आन्द्रामा संक्रमण

सानो आन्द्रामा संक्रमण भएमा मध्य भाग अर्थात नाइटोको वरिपरि दुख्ने गर्छ । यो समस्या खानपिनको गडबडी, फुड पोइजनिङ भएपछि देखापर्छ । सानो आन्द्राको संक्रमणकै कारण झाडापखाला लाग्ने हुन्छ । सानो आन्द्राको दुखाइलाई ‘पेरिओम्लाइकल पेन’ भनिन्छ ।

५ अल्सर

अल्सरलाई ग्यास्ट्रिक अल्सर (आमाशयमा हुने)र डुयोर्नल अल्सर (आन्द्राको पहिलो भागमा घाउ) गरी दुई रुपमा छुट्याइको हुन्छ । अल्सर विशेषगरी हेलिकोब्याक्टर पाइलोरी (एच पाइलोरी) नामक किटाणुका कारण हुन्छ ।यो ब्याक्टेरियाले आमाशयमा घर बनाएर बसेको हुन्छ । एक अध्ययनका अनुसार नेपालमा अल्सर भएका हरेक १० जना मध्ये ६ जनामा यो किटाणुको संक्रमण देखिन्छ । यो किटाणुको समयमै पहिचान हुन सक्यो भने उपचारपछि सजिलै निको हुन्छ । समयमै पहिचान गरिएन र लापरबाही गरियो भने ब्याक्टेरियाको संक्रमणका कारण पेटको क्यान्सरसम्म हुन सक्छ ।

६ दुखाइ कम गर्ने औषधिको असर

दुखाइ कम गर्न प्रायः मानिसले फार्मेसीमा सहजै उपलब्ध हुने ब्रुफिन, एस्पिरिनजस्ता ‘पेन किलर’को प्रयोग गर्छन् । तर, यस्ता औषधिको प्रयोगले पेटमा ठूलै समस्या ल््याउन सक्छ । दुखाइ कम गर्ने औषधीले सानो आन्द्रामा घाउ बनाउने र पेटभित्र समस्या ल्याउने काम गर्छ । मुटुको रोगीले लामो समयसम्म प्रयोग गर्ने रगत पातलो बनाउने औषधी ‘एस्पिरिन’को प्रयोगले पनि पेटमा अल््सर बनाउन सक्छ ।

७ धूमपान र मध्यपान

धूमपान र मध्यपानको अत्याधिक प्रयोग गर्नाले पेटमा ग्यास्ट्राइटिस र प्यान्क्रियाटाइटिस हुन सक्छ । धूमपान र मध्यपानले लिभर र प्यान्क्रियाज दुवैमा प्रत्यक्ष असर गर्छ । रक्सी सेवन गर्ने अधिकांशमा ‘यक्युट प्यान्क्रियाटाइटिस’ हुन सक्छ । यस्तै, लिभरमा हेपाटाइटिस भएमा, किड्नीमा स्टोन अथवा युरेटेरिक स्टोन भएमा, कोलिटिज (ठूलो आन्द्राको सुजन) भएमा, क्रोनिक कन्स्टिपेसन (कब्जियत) भएमा पनि पेट दुख्ने समस्या आउँछ ।

पेट दुखाइबाट बच्ने उपाए

१, खानेकुरामा सावधानी अपनाउने । धेरै चिल्लो पदार्थ नखाने । तारेको, भुटेको परिकारहरु कम खाने । खानामा हरियो सागसब्जी, फलपूmल बढी खाने।

२, समय मिलाएर खाना खाने।

३, एकै पटक धेरै खाना नखाने, समय मिलाएर पटक–पटक खाने बानी बसाल्ने।

४, दुखाइ कम गर्ने औषधिको प्रयोग नगर्ने । चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने।

५, खाना खाने बित्तिकै नसुत्ने । कम्तिमा खाना खाएको दुई घण्टापछि मात्र सुत्ने।

६, पेट दुखाइ बढेमा विशेषज्ञ चिकित्सकको परामर्श लिने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१