गिनिज बुक अफ वर्ल्ड रेकर्डमा बी बी थापाको नयाँ रेकर्ड राख्ने प्रयास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७६, मंगलवार ०५:१९

 ‘ म तिम्रो सहर छोडी टाढा ‘ , ‘ पुरानो डुङ्गा ‘ जस्ता चर्चित गीतका गीतकार बी.बी थापाले एकैपटक २७ वटा म्युजिक एल्बम सार्वजनिक गरेका छन। होटल अन्नपूर्णमा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थितीमा २७ ओटा एल्बमको एक सय ४५ ओटा गीत एकैसाथ सार्वजनिक गरिएको हो। 
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ क्याटोगोरीमा एकैसाथ एकै व्यक्तिको २७ एल्बम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने गीतकार थापाको प्रयास रहेको छ।  

२७ वटा एल्बममा विभिन्न चर्चित र नयाँ कलाकारहरुले आफ्नो स्वर दिएका छन। गीतकार बी.बी थापाको एकल शब्द , मनोज चौलागाईको एकल संगीतमा रहेको एल्बम ‘ मायाको डुङ्गा ‘ मा भने नव गायक कौशल राज खड्काको एकल स्वरमा रहेको छ। 

‘ कति हात’,  ‘ सम्बन्ध ‘ , ‘ राजधानी ‘ , ‘ लभर ब्वाई’ , ‘ चन्द्रागिरी हिल ‘ बोलका ५ वटा गीत यस एल्बममा समावेश छन । एल्बमको एउटा गीत ‘ कति हात ‘ को यसअघि नै भिडियो निर्माण गरि सार्वजनिक गरिसकिएको छ।  बी बी थापा इन्टरटेन्मेन्टको निर्माणमा एल्बम तयार पारिएको हो।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१