नेपालमा उद्योग स्थापना गरी निर्यात गर्न चिनियाँ उद्योगीलाई चेम्बरको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७६, आईतवार ०५:१३

काठमाडौ । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उद्योग स्थापना गरी निर्यात गर्न चिनियाँ उद्योगीलाई आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले नेपालमा स्थायी सरकार रहेको तथा अतिकम विकसित देशले पाउने सुविधा नेपालले प्राप्त गर्ने भएको हुँदा चीनीया व्यवसायीलाइ नेपालमा उद्योग स्थापना गरी निर्यात गर्न अनुरोध गरे । चाईना काउन्सिल फर द प्रोमोसन अफ ईन्टरनेश्नल ट्रेड(सिसिपिआईटी) गोन्जाउ सव काउन्सिका उपाध्यक्ष वाङ फुचुनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधी मण्डलसंगको भेटमा अध्यक्ष श्रेष्ठले लगानीका लागि पर्यटन, कृर्षि, जलश्रोत तथा पुर्वाधार उपयुक्त क्षेत्र रहेको हुदां दुई संघ मीलेर सोको लागि कार्य गर्ने वताए ।
सिसिपिआईटी र संघविच द्विपक्षीय समझदारीमा हस्ताक्षर समेत भएको छ । दुई संघ वीच संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं सूचनाको आदान प्रदान, व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान आदिका लागि लाइजन अफिस स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुई संघ वीच आपसी सहकार्यका लागि सन् २००७ समेत समझदारी पत्रमा हस्ताक्षर भएको थियो । संघका अध्यक्ष श्रेष्ठले दुई संस्था वीच घनिष्ट सम्बन्ध रहि आएको र यस समझदारीबाट अझ नजीक भएर कार्य गर्ने वातावरण तयार भएको बताए । सिसिपिआईटी गोन्जाउ सव काउन्सिका उपाध्यक्ष वाङ फुचुनले दुई संघ वीच घनिष्ट सम्बन्ध रहीआएको र नयाँ ढंगबाट भएको सामझदारी पत्र हस्ताक्षरबाट दुई देशको हितमा धेरै कार्य गर्ने बताए ।
कतिपय व्यापारीहरुले नेपालमा लगानी गरिसकेको र कतिपय लगानीका लागि नेपाल आएको उनको भनाई थियो । सूचनाको आदान प्रदानबाट विविध क्षेत्रमा सहकार्य गरी अघी बढ्ने अवसरहरु सृजना हुने उनले बताए । साथै नेपालमा आयात निर्यात व्यापार, बैंकिङ सम्बन्ध, हवाइ सम्पर्क विस्तार तथा पर्यटन बृद्धिका लागि कार्य गर्ने उनले बताए । समझदारी पत्रमा संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा उपाध्यक्ष÷कन्सुलर वाङ फुचुनले हस्ताक्षर गरेका छन् । कार्यक्रमा संघका पदाधिकारी एवं व्यापारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१