आर्थिक वर्ष २०७६/७७ को बजेटको मुख्य बुदाहरु हेर्नुस :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७६, बिहीबार ०६:२०

बजेट– १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
चालु– ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख
पूँजिगत– ४ खर्ब ८ अर्ब ५९ लाख
वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख
राजस्व– ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख
सहकारीलाई धेरै ब्याज लिन बन्देज, मर्जरमा जानुपर्ने, कर्जाको बीमा गर्नुपर्ने
कर्मचारीका तलब पिरामिड वृद्धि तल्लो तहका २०%, माथिल्लो तहमा १८%
१ हजार बढ्यो वृद्धभत्ता, अब मासिक ३ हजार
गैर आवासीय नेपालीलाई दोस्रो बजारमा पनि लगानी/कारोबार गर्न दिने
सांसद्लाई ६ करोड
बायोग्याँस उत्पादन गर्ने । एलपी ग्याँसको खपत कम गर्ने
किसानका लागि कल सेन्टर बनाउने
स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब
गर्भदेखि मृत्युसम्मको सामाजिक सुरक्षा सरकारले लिने
दलित, कर्णाली, तराई मधेश, गरिब बालबालिकालाई बाल संरक्षण अभियानमा १ अर्ब ६४ करोड
सामाजिक सुरक्षामा : ६४ अर्ब ५० करोड रुपैयाँ
प्रधानमन्त्री कृषि परियाेजनामा ८ अर्ब १० कराेड विनियाेजन
कृषि सामाग्रीमा अनुदान दिइने
तराई मधेशमा सौर्य उर्जामा आधारित भूमिगत सिँचाइ सुरु गर्ने । समृद्ध तराई मधेश सिँचाइका लागि ९६ करोड
सुनकोसी डाइभर्सनमा २ अर्ब
आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउने
भूमि ऐन ल्याउने । भूमीलाई वर्गिकरण गर्दै
महाभारत क्षेत्रमा शितल आवास विकास गरिने
चोभारमा अन्तर्राष्ट्रिय प्रर्दशनि स्थलसहितको सुख्खा बन्दरगाह निर्माण सुरु गरिने
कृषि उत्पादनमा आयातमा एन्टि डम्पीगं शुल्क लगाईने
पेट्रेलियम पाईपलाइनको काम यसै वर्ष सकिने
नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहन प्रोटोकललाई अन्तिम रुप दिई चीनको वन्दरगाहमार्फत तेस्रोमुलुकसँगको व्यापार सुरु गरिने
एक हजार मेगावाट क्षमता जलविद्युत् राष्ट्रिय प्रसारणमा जाेडिने
पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड
बीपी राजमार्गमा ९६ कराेड
मध्यपहाडी लोकमार्ग ४०० किमि कालोपत्र गर्न १२ अर्ब
तिनकुने-कोटेश्वर-धुलिखेल-सूर्यविनायकमा सुरुङ मार्ग
आगामी वर्ष २ सय पुल बनाइने
पेट्रोल र डिजेलमा एक रुपैयाँ थप शुल्क लिइने
काँकडभित्ताबाट विद्युतीय रेल बनाउन सुरु गर्ने
भारत र चीनको रेल दुई वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन गरिने
काठमाडौं लगायतका सहरमा मेट्रो मानो रेल बनाउने, माेनाे रेल, मेट्रो रेलका लागि ७ अर्ब ७० करोड
नारायणी र कोशीमा पानी जाहाज चलाइने
प्रदेशका सहर र काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याइने
काठमाडौंमा ३ हजार व्यक्ति अटाउने हल निर्माण गरिने
सबै प्रदेशमा २ हजार व्यक्ति अटाउने हल निर्माण गर्ने
पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब
धरहरा आगामी दुइ वर्षभित्र निर्माण गरिने, १ अर्ब बजेट विनियोजन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने
सरकारी विज्ञापनको रकममा १५ प्रतिशतले बृद्धि
डिजिटल नेपाल बनाईने
बिमा कम्पनीलाइ पनि मर्जरमा लगिने
नेसनल पेमेन्ट गेटवेको व्यवस्था गरिने
एक्सन रुमबाट विकास आयोजना प्रत्यक्ष अवलोकन गरिने
भिसा सेवा अनलाई बनाईने
दुइ वर्षभित्र एक नेपालीले एक परिचय पत्रमात्रै बाेके हुने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१