नोजाको तेश्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७६, बिहीबार ०५:५०

काठमाडौं । अनलाइन न्युजहरुको छाता संगठन ‘राष्ट्रिय अनलाइन पत्रकार संघ’ (नोजा)को तेश्रो बार्षिर्केउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ। पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा अनलाइन मिडियाको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै
डा. रामशरण महतले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गर्दै छिट्टै कार्यान्वयनमा ल्याउने पर्नेमा जोड दिनुभयो ।सस्तो लोकप्रियता र राजनीतिक दलको गुमराहबाट अनलाइन मिडियालाई बाहिर ल्याउनुपर्ने अहिलेको टड्कारो आवश्यकतालाई मिडिया हाउस र पत्रकारहरुले मनन गर्नुपर्ने महतले बताए । हालको मिडिया बिधयकलाई सरकारले गम्भीरतापूर्वक नलिने हो भने सरकार आफै फेल खाने र मिडियालाई हिजोको जस्तै पंचायेती शैलीमा लान खोजेको समेत बताए ।

नोजाले आफानो तेश्रो बार्षिकोउत्सव समारोहमा पत्रकार सहित १ दर्जन सामाजिक क्षेत्रका विशेष व्यक्तित्वहरु सम्मानित समेत गरेको छ । नोजाले मिडिया इन्टरनेसनलका अध्यक्ष तथा पत्रकार माधब निर्दोषलाई जया देवकोटा स्मृति पत्रकारीता पुरस्कार रु ११, १११ राशीद्धारा सम्मानित गरेको छ । स्वास्थ्य तथा सौन्दर्य क्षेत्रबाट रश्मिला श्रेष्ठ ,बौद्धमार्गी समाजसेवी आनी भिमसुवा गुरुङ,महिला अधिकारकर्मीबाट डोल्मा लामा ,सञ्चार क्षेत्रबाट सुनिल खड्का ,उद्यमीबाट इन्द्र लामा , कृषि क्षेत्रबाट जयकला बस्नेत , व्यवसायिक क्षेत्रबाट केदार बस्नेत ,मनाबधिकार क्षेत्रबाट तुलसी थापा ,सामाजिक क्षेत्रबाट चित्र बहादुर रसाइली ,शिक्षा क्षेत्रबाट जयराम पौडेल लगाएत सम्मानित भएका थिए ।

कार्यक्रममा पूर्व मन्त्री रामकुमार श्रेष्ठ, बोस्टर मिडियाका सल्लाहकार तथा जया देवकोटा मल्टिपल कलेजका प्रमुख भवानी प्रसाद पौडेल लगायत बिभिन्न संघ संस्थाका प्रमुखहरुको विशेष उपस्थिती रहेको थियो ।

पूर्व मन्त्री रामकुमार श्रेष्ठले सूचनाको हक हरेक नेपालीको अधिकार भएकोले राष्ट्रिय सूचनाहरुलाई नागरिकसमक्ष पुर्याउन आम सञ्चार माध्यमले निस्वार्थ तवरले भूमिका खेल्नुपर्ने बताए । अनलाइन मिडिया अहिलेको विश्वव्यापी सूचना प्रवाहको छिटो र छरितो सञ्चार माध्यम भएकोले यसलाई विश्वसनयी एवं भरपर्दो बनाउन राज्यको नीति स्पष्ट रहनुपर्र्ने उल्लेख गर्दै सोही अनुरुप अनलाइन मिडिया सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । अनलाइन सञ्चार माध्यम सबै क्षेत्रको लागि भरपर्दो सूचना प्रवाहको माध्यम भएकोले नेपालको विकास र बिस्तारको लागि विशेष अभियानको रुपमा यसलाई सञ्चालनका लागि राज्यले नै पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउदै श्रेष्ठले राजनीति , व्यवसायी र यस क्षेत्रका अगुवाहरले पनि मिडिया फ्रेड्ली वातावरण सृजना गर्न सिक्नुपर्ने बताए ।

अनलाइन मिडिया र यसमा कार्यरत पत्रकारहरुको बृहत्तर विकाससँगै अनलाइन सञ्चार माध्यममार्फत समाज रुपान्तरण र देश विकासका लागि राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको अनलाइन यात्रा जारी रहेको संघका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानाले बताए । ढुंगानाले भन्नुभयो अनलाइन मिडिया हाउस र सबै पत्रकार एक भएर व्यवसायिक अनलाइन मिडिया सञ्चालनको अभियानमा एकजुट हुन जरुरी छ । यसो भए मात्र अनलाइन मिडिया नेपाली पर्यटन विकास र बिस्तारका लागि विशेष सञ्चार संवाहक बन्न सक्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख १७, २०८१