यी हुन् सेक्सका दश फाईदा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७१, बुधबार ११:५५

यौनक्रिया सेक्स यस्तो विषयबस्तु हो जो कोहिपनि यससंग जोडिएको हुन्छ । प्रायः मानिस यस सम्वन्धमा जिज्ञासु हुदाहुदै पनि यसबारे कुरा गर्न रुचाउदैनन् । समाजमा सेक्सका बारेमा धेरै गलत धारणाहरुपनि रहेका छन् । तर सेक्स धेरैमानेमा स्वास्थ्यको निम्ति फाईदाजनक छ । सेक्सको मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हुन्छ । हेरौं सेक्सका केहि फाईदाहरु के हुन् त ?

उचित सेक्स यौनक्रियाको प्रत्यक्ष असर मानिसको शारीरिक स्वाथ्यमा पर्दछ । विल्किस युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार हप्तामा एक या दुईचोटी सेक्स गर्नाले डम्यूनोग्लोबिन नामको एन्टिबडी बृद्धि हुन्छ । एक सय बाह्र जना बिद्यार्थीहरुमा गरिएको रिसर्चले एन्टिबडीबाट सर्दी जस्तो इन्फेक्सनलाई रोक्न मद्दत गर्दछ ।

एक पुरानो भ्रम के छ भने सेक्सबाट बढी उमेरका मानिसहरुमा हृदयाघातको खतरा बढी हुन्छ । तर ब्रिटेन मा गरिएको एक अनुसन्धानले यस्मा कुनै सत्यता नभएको पाईएको छ । एपिडिमियोलजी एण्ड कम्युनिटी हेल्थको पत्रिकामा छापिएको प्रतिवेदनका अनुसार ९१४ पुरुषमा गरिएको अनुसन्धानबाट यौनक्रिया ती पुरुषहरुमा हुने हृदयाघातसंग कुनै सम्वन्ध नरहेको पत्ता लागेको छ ।

एकार्को अनुसन्धानले के बताएका छ भने सेक्सले राम्रो निद्रा पर्दछ । यौनक्रियापश्चात स्खलित हने ओक्सीटासिनबाट निद्रा राम्रोसंग पर्दछ । राम्रो मस्त निद्राबाट मानिसको स्वास्थ्यमा सकारात्मक फाईदा पुगेको हुन्छ । राम्रो निद्रा परेमा शारीरिक वजन र रक्तचाप नियन्त्रणमा सहयोयग मिल्दछ ।

महिलाहरु प्रायः कमरको आसपासको मासु दुख्ने रोगबाट पीडित रहन्छन् । यस्कोकारण उनिहरुमा पेल्विक फ्लोर मसल्स कमजोर हुनु हो । यस समस्याबाट पार पाउन महिलाहरु एक्सरसाइज गर्छन जस्ले यो भाग मजबूत हुन्छ । सेक्सबाट कीगल एक्सरसाइजकै अनुभूति हुनेहुनाले महिलाहरुलाई निकै आराम मिल्दछ ।

एक युरोलोजी इन्टरनेशनलको ब्रिटिश पत्रिकामा छापिएको एक प्रतिवेदन अनुसार सेक्सले पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । प्रतिवेदनका अनुसार जो मानिस तीस वर्षभन्दा कम उमेरका छन् उनिहरुलाई सेक्सबाट भविष्यमा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । तीस वर्ष माथिका पुरुषहरुमा नियमित यौनक्रियाबाट प्रोस्टेट क्यान्सरको डर कम हुन्छ ।

एकपटक ओक्सीटासिन हार्मोन घटन शुरु भयो भने एन्ड्रोफिन हार्मोन बढन थाल्दछ जस्बाट दुखाइमा कमी आउछ । यसैले सेक्सपछि टाउको दुखाइमा या आर्थराइटिसको दुखाईमा कमी आयोभने आत्तिनु पर्दैन यो त सेक्सको कमाल हो ।

सेक्सले मोटाई घटाउन मद्दत गर्दछ । आधा घण्टाको सेक्स कि्रयाबाट मानिसको ८५ क्यालोरिज बर्न हुन्छ । हुनत यो धेरै होईन तर आधा घण्टाको ४२ पटकमा ३५७० क्यालोरिज बर्न हुन्छ यस्ले शरीरको वजन एक पाउण्ड कम गराउछ । अमेरिकन एशोसियसन अफ सेक्सुएलिटी एजुकेटस्र एण्ड थेरापिस्ट्सका प्रेसिडेन्ट पैटी बि्रटनका अनुसार सेक्सबाट शारीरिक एवं मानसिक स्वास्थ्यमा फाईदा पुग्दछ ।

टेक्सस युनिभर्सिटीको अनुसन्धानले सेक्स गर्नाले आत्मसम्मानमा बृद्धि गरेको देखाएको छ । क्याम्व्रिजमा सेक्स थेरापिस्ट जीना आगदेनको भनाइ छ कि उचित यौनकि्रया आत्मसम्माका साथ शुरु हुन्छ र आत्मसम्मानलाई बढाउछ । उनका अनुसार जस्को भित्र आत्मसम्मान पहिलेबाटै हुन्छ उनिहरुलाई सेक्स पछि अर्कै किसिमको सुखानुभूति हुन्छ । धेरै मानिस त्यस्ता हुन्छन जो सुखानुभूतिका निम्ति सेक्स गर्दछन् ।

उचित सेक्सको सिधा प्रभाव शारीरिक स्वास्थ्यमाथि पर्छ । विल्किस युनिभर्सिटीका बैज्ञानिकहरुका अनुसार सातामा एक वा दुई पटक सेक्स गर्नाले इम्यूनोग्लोविन नामको एन्टिबडीमा बृद्धि हुन्छ । ११२ विद्यार्थीमा गरिएको अनुसन्धानबाट सर्दी जस्तो इन्फेक्सन रोक्न सहयोग पुग्ने पत्ता लागेको छ ।

स्कटल्याण्डका अनुसन्धानकर्ताहरुका अनुसार सेक्सबाट शारीरिक स्वास्थ्यमा निकै फाइदा पुग्छ । यस्ले एक त रक्तचाप नर्मल रहन्छ भने अर्को मानसिक तनावमा कमी आउछ । २४ महिला र २२ पुरुषहरु वीच गरिएको अध्ययनमा नियमित सेक्सले तनावमुक्त गराउछ भन्ने पत्ता लागेको छ । एक अर्को अध्ययन मुताविक सेक्स गर्दै रहेमा ब्लडप्रेशर नियन्त्रण गर्नमा सहयोग पुग्दछ ।

पिटसबर्ग र नार्थ क्यारोलिना युनिभर्सिटीहरुका अनुसन्धानबाट सेक्सबाट ओक्सीटासिन हार्मोन्सको मात्रा बढाउछ भन्ने पत्ता लागेको छ । यस हार्मोनले आपसी सम्वन्धमा मजवूति आउछ र विश्वास बढछ । यो हार्मोनको यस नेचरले यस्लाई लभ हार्मोन पनि भनिन्छ । ओक्सीटासिन हार्मोनबाट एकार्का प्रति उदारताको भावना पनि बढाउछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१