प्राकृतिक सौन्दर्यले सुविधासम्पन्न लाङटाङ इको रिसोर्ट (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७६, मंगलवार ०७:२९

काठमाडौं । पहाडको अग्लो डाडो । पृष्ठभूमिमा लहरै हरियाली । बिहानीमा लाली छाउँदै झुल्कने घाम। वसन्त ऋतुमा वरपरका पाखामा ढकमक्क फुलेको फुलहरु । यस्तै थुप्रै प्राकृतिक सौन्दर्यले काठमाडौंको जर्सिंगपौवामा सुविधासम्पन लाङटाङांग इको रिसोर्ट सञ्चालनमा आएको छ।

काठमाडौंको साखु बजारबाट ७/८ किलोमिटर रहेको यो रिसोर्टमा आउने पर्यटकको सुविधाका लागि लाङटाङ इको रिसोर्ट सञ्चालन आएको छ । रिसोर्ट सञ्चालन आएपछि खानेबस्ने ठाउँ अभावको समस्या हटेर पर्यटक आगमन बढ्न थालेको छ।

१० वटा कोठा भएको दैनिक ४० जना बास बस्न सक्ने रिसोर्टमा विभिन्न खानाका परिकार, सुविधायुक्त कोठा, तातोपानी, इन्टरनेटलगायत सुविधा रहेको रिसोर्टका संचालक साधुराम लामिछानेले जानकारी दिए। यस ठाउमा राम्रो होटल तथा रिसोर्ट नहुँदा पाहुनालाई खानेबस्ने समस्या थियो।

यस रिसोर्ट ४५ रोपनीमा फैलिएको संगालो अर्गानिक फार्मलेद्वारा संचालन गरिएको संचालक लामिछानेले बताए। ‘सूर्योदय, हिमशृंखला, ढकमक्क जंगल, पहाडी भूगोल अवलोकन गर्न जर्सिंगपौवा आउने पर्यटकलाई खानेबस्ने व्यवस्था गर्न रिसोर्ट चलाएका हौ , रिसोर्टका संचालक
साधुराम लामिछानेले भने, ‘खानेबस्ने सुविधा भएपछि पर्यटक आगमन बढ्दै गएको छ।’

एक वटा विशिष्ट कोठा रहेको रिसोर्टमा एउटा डाइनिङ, किचन, एदुई सय जना क्षमताको तालिम हल र सबै कोठामा तातोपानीको सुविधा छ। दोस्रो चरणमा विदेशी पाहुनालाई लक्ष्य गरेर कटेज बनाउने तयारी छ। ४५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट सहितको फार्मले अर्गानिक तरकारी खेती गरेको छ। रिसोर्टमा ९ जनाले रोजगारी पाएका छन्।

अर्गानिक तरकारी, लोकल कुखुरा, हाँस,माछा , र खसीको मासु, कोदो र फापरको ढिँडो, सिमीको दाल, मुलाको अचार, सिन्की र गुन्द्रुकलगायत परिकारलाई प्राथमिकता दिइएको रिसोर्टका म्यानेजर राजकुमार भण्डारीले बताए।

चाबहिल देखि २५ किलोमिटरको दुरीमा अबस्थित लाङटाङ इको रिसोर्ट गाडीमा १ घण्टामा पुग्न सकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१