नेपाली, इण्डियन, कन्टिनेन्टल र थाई खानाका परिकार लाजिम्पाटको माई ताईले पस्किदै (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७६, मंगलवार ०६:३६

काठमाण्डौ । काठमाण्डौको मुख्य व्यापारीक क्षेत्र लाजिम्पाटमा ‘माई ताई रेष्टुरेन्ट एण्ड बार’ सञ्चालनमा आएको छ ।

फोर स्टार दी हिमालय होटलको पहिलो तलामा सुरु गरिएको माई ताईमा बिशेषतः नेपाली, इण्डियन, कन्टिनेन्टल र थाई खानाका परिकार माई ताईले पस्किने छ भने थाई बक्सिङ खेलाडीहरुमा लोकप्रिय ‘मो आई थाई’ ककटेल र मकटेल पेय पदार्थ विशेष आकर्षणको रुपमा रहेको छ ।

सुविधा सम्पन्न एसी हल, बर्थडे, पार्टी तथा अन्य बिभिन्न कार्यक्रमका लागि १५० जना क्षमताको सेमिनार हल समेत रहेको छ ।

१५ वर्षदेखिका अनुभवी सेफ, कलात्मक शान्त सुन्दर थाङ्का संस्कृतिको अनभुव समेत यहाँ पुग्ने आगन्तुकले अनुभव गर्न सक्नेछन । प्रवेशद्धारमा नै विशाल गुम्बा आकृतिका रुम, मधुर शान्त वत्तिका साथमा फोर स्टार होटलकै मापदण्ड पुरा गरी माई ताई सजिएको छ ।

पर्यटन क्षेत्रमा २० बर्षभन्दा लामो समयदेखि सक्रिय वरिष्ठ युवा पर्यटन व्यवसायी छेटुप तामाङ, पर्वतारोहण व्यावसायी निमा डि शेर्पा, नेपाल र दुबईका स्टार होटलमा लामो समय अनुभवी राजन भण्डारी लगायतको सयुक्त लगानीमा माई ताई रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

मध्यम र उच्च वर्गका लागि विशेष फोकस उक्त रेष्टुरेन्टमा राजनेता देखि पत्रकारसम्म आउन थालेको र विदेशी माझ विशेष लोकप्रिय रहेको संचालक छेटुप तामाङले बताउनुभयो । खानाको स्वाद र सेवाले स्वदेशी, विदेशी ग्राहकको यो रेष्टुरेन्टले पक्कै मन जित्ने तामाङको विश्वास छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१