अनुहार चाउरी पर्न थाल्यो ? यी फलफूलले बनाउछन् जवान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७६, मंगलवार ०६:०६

उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर कतिपय उमेर पुगीसकेकाहरुको पनि अनुहार कलिलै र चाउरी रहित हुन्छ । उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ।

यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा चमक ल्याउछन् ।

सुन्तला

सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

स्याउ

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

मेवा

पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छनै । मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ।

खरबुजा

खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

अनार

अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

के हो चाउरी, कसरी बच्ने ?

प्रायः बुढ्यौली लागेपछि छालामा चाउरी पर्न थाल्छ । तर, कतिपय व्यक्तिको युवावस्थामै पनि चाउरी पर्न थाल्छ । चाउरी परेपछि बाहिरी सौन्दर्यमा ह्रास आउँछ । यसको तनावमा युवा नै बढी हुन्छन् । किनभने युवावस्थामै सौन्दर्य गुमेको स्वीकार्न गाह्रो पर्छ । आखिर के कारणले छाला चाउरी पर्छ ? युवावस्था र बुढ्यौलीमा छाला चाउरिने कारण एउटै हो ? चाउरी नियन्त्रण गर्न के गर्ने ? स्किन प्रोफेसनल पभी गुरुङले सबै जिज्ञासाको जवाफ दिएकी छिन्ः

युवाको छाला चाउरिने कारण

छालाको बाहिरी तहमा हुने डिहाइड्रेड (पानीको भागको कमी)ले युवाको छालामा मसिना धर्काहरू देखिने गर्छ । चिसो हावाले हानेको वेला, चर्को घाममा निस्किएको वेला, अप्राकृतिक तरिकाले छोटो समयमा धेरै तौल घटाउँदा यस्तो समस्या निम्तिने गर्छ । यस्ता धर्का अर्थात् चाउरीका कारण कैयौँ युवा–युवती तनावमा भएको पाइन्छ । तर, यो अवस्थामा तनावभन्दा केही सजगता अपनाए समस्याबाट मुक्ति मिल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१