१० सपना र तिनको फल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७६, मंगलवार ०५:५१

यदि ज्योतिष शास्त्रलाई विश्वास गर्ने हो भने हामीले देखेका सपनाहरु हाम्रो भविष्यसँग जोडिएका हुन्छन् । हामीले देखेका सपनाहरुबाटै हामी निकट भविष्यमा हुने कामहरुको बारेमा जानकारी पाउन सक्छौँ । जीवनमन्त्रमा आज हामी १० बिशेष सपना र ति सपनाको फलका बारेमा चर्चा गर्दैछौँ ।

ढिलो हुनु या यातायातको साधन छुट्नु:-यदि सपनामा कुनै ठाउँमा पुग्न ढिला भयो या यातायातको साधन छुट्यो भने हामीले निकट भविष्यमा कुनै गडबढ हुँदैछ भन्ने बुझ्नुपर्छ । यस्तो सपनाले कुनै पनि कामको असफलतालाई संकेत गर्छ ।

कोही पछि लाग्नु :-सपनामा कोही पछि लाग्यो भने हामीले कोही आफन्त वा नजिकको मान्छेलाइ बेवास्ता गरिरहेका छौँ । त्यसकारण त्यसबाट भाग्नुभन्दा सामना गर्नु नै राम्रो हुन्छ ।

अग्लो ठाउँबाट लड्नु:-यस्तो सपनाले जीवनको गलत काम या त असंतुष्टिको भावनातर्फ ईशारा गर्छ । कुनै कुराबाट डराएका कारण हामीले पटक पटक यस्तो सपना देख्न सक्छौँ । त्यस कारण यस्तो अवस्थामा सबैभन्दा पहिले आफ्नो तनावको कारण खोज्नुनै बुद्धिमानी हुन्छ ।

आफैलाई उडेको देख्नु:-यदि सपनामा हामीले आफैलाई उडेको देख्यौँ भने निकट भविष्यमा कुनै राम्रो कामको लागि यात्रामा जानुपर्छ । त्यस्तै सपनामा उडिरहेको पंक्षि देख्नुले पनि समाजमा मान सम्मान प्राप्त हुन्छ ।

भाँचिएको दाँत:-जो मानिसहरु आफ्नो सुन्दरतालाई लिएर चिन्तित हुन्छन् उनीहरुले यस्तो खालको सपना देख्ने गर्छन् । आफ्नो बारेमा कसैले नराम्रो सोचेको छ कि ? भन्ने महसुस भयो भने यस्तो सपना देखिन सक्छ । त्यस कारण गलत सोचलाई मनबाट अलबिदा भन्नु नै राम्रो ।

सर्प समातेको:-सपनामा सर्प समात्यो भने काममा सफलता मिल्छ भन्ने मान्यता छ । यसका साथै यस्तो सपना देख्नाले दुश्मनहरुलाई हराउन सकिन्छ । यदि सपनामा पटक पटक सर्प समातेको देखियो भने हामीलाई धन प्राप्त हुन्छ ।

आफ्नै मृत्युको सपना:-हामी आफ्नै मृत्युको सपना देख्यौ भने डराउने गर्छौ । तर यस्तो सपना देखेर डराउनु पर्दैन । यस्तो सपना देख्नु भनेको हामी जीवनमा अघि बढ्दैछौँ भन्ने हो । त्यस्तै अरु कोहीको पनि मृत्युको सपना देखेपछि उनीहरुको जीवनमा केही नयाँ, केही खास हुँदैछ भन्ने बुझुनुपर्छ ।

पानी देख्नु:-सपनामा पानी देख्नु सामान्य कुरा हो । सपनामा बग्दै गरेको पानी देखिनुको अर्थ हाम्रो जीवन सहि गतिले अघि बढिरहेको छ भन्ने हो ।

समुन्द्र देख्नु:-सपनामा समुन्द्र देखेपछि हामीले बुझनुपर्ने कुरा हो जीवनमा भएको कुनै ठूलो तनावको अन्त्य हुँदैछ । झरनामा भिजेको सपना देखियो भने पनि निकट भविष्यमा शुभ समाचार प्राप्त हुन्छ । तर धमिलो पानी देख्नु भने जीवनमा केही गलत हुने संकेत हो ।

धोका खानु:-सपनामा धोका खाएको देख्नुको अर्थ हुन्छ हामी कुनै ठूलो तनावबाट मुक्त हुँदैछौँ । यो सपनाको अर्थ तनाव दिने व्यक्ति हामीबाट टाढा जाने र जीवनमा सुख आउने सकेंत हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१