युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’मा मेस्सी र रोनाल्डो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७६, मंगलवार ०५:४२

एजेन्सी । बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई समेटेदै युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’ सार्वजनिक गरिएको छ ।

फुटबलको वेभ साइड गोल डटकमले सार्वजनिक गरेको युरोपको शीर्ष पाँच लिगको ड्रिम टिममा मेस्सी र रोनाल्डो परेका हुन् । दुवैले अग्रपंक्ति सम्हाल्नेछन् । म्यानचेस्टर सिटीका सर्जियो एग्युरोले पनि अग्रपंक्ति सम्हाल्नेछन् ।

ड्रिम टिमको मिडफिल्डरमा चेल्सीका इडेन हजार्ड, सिटीका बर्नान्डो सिल्भा र बोरुसिया डर्टमन्डका विसल रहेका छन् । डिफेन्डरमा लिभरपुलका रोबर्टसन, भान डिज्क भिर्गिल र एलेक्स आर्नोल्ड तथा बार्सिलोनाका जेराल्ड पीके रहेका छन् । गोल रक्षकमा एट्लेटीको म्याड्रिडका ओब्लाक रहेका छन् ।

गोल डटकमले यस सिजन इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, फ्रेन्च लिग वान र जर्मन बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मिलित ड्रिम टिम बनाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१