ऋणमा नेपाल, एक नेपालीको थाप्लोमा ३५ हजार ऋण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७६, मंगलवार ०५:३८

काठमाडौं । नेपाल सार्वजनिक ऋणमा डुब्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा झण्डै १० खर्ब बराबरको सार्वजनिक ऋणमा मुलक रहेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देखाएको छ ।

सोमबार अर्थमन्त्री डा।युवराज खतिवडाले संसदमा पेस गरेको आर्थिक समिक्षा प्रतिवेदनले नेपाल ९ खर्ब ६० अर्ब ऋणमा रहको देखाएको हो । जसमध्य ३ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ मात्र आन्तरिक ऋण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै मुलुक ५ खर्ब ९५ अर्ब को बाह्य ऋणमा रहेको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

झण्डै एक आर्थिक वर्षको बजेट बराबरको ऋणमा रहेको देशमा सदर हिसाब गर्दा एक नेपालीको टाउकोमा ३५ हजार ऋण पर्ने देखिन्छ । तर आर्थिक सर्वेक्षण प्रतिवेदनले भने नेपालीको प्रतिव्यक्ति आम्दानीसँगै गरिबी समेत घटेको देखाएको छ ।

चालु आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार पुगेको र निरपेक्ष गरिबीको संख्या १८ प्रतिशतमा झरेको बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१