सेलेनाको कडा टिप्पणी : युवा पुस्ताको लागि डरलाग्दो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७६, आईतवार ०५:२८

वासिङ्टन । गायिका तथा मोडेल सेलेना गोमेजले सामाजिक सञ्जाल युवा पुस्ताको लागि डरलाग्दो बन्दै गरेको टिप्पणी गरेकी छन् ।

अनौठो त के भने, सेलेना त्यस्ती सेलिब्रिटी हुन् जसको इन्स्टाग्राममा तेस्रो सबैभन्दा धेरै फलोअर्स छन् । उनले यसको असरलाई कम गर्न पहल गर्नुपर्ने बताइन् । साथै उनले आफू सामाजिक संजालबाटै बाहिरिनसक्ने संकेत गरेकी छन् ।

पछिल्लो पुस्तालाई नै सामाजिक संजालले असर पुर्याइरहेको उनको दावी छ । सेलेनाले पत्रकार सम्मेलनको क्रममा यस्तो बताएकी हुन् । इन्स्टाग्राममा झण्डै झण्डै फुटबलर क्रिस्टियानो रोनाल्डो नजिक रहेकी सेलिब्रिटी सेलेनाको यस्तो अभिव्यक्तिलाई लिएर निकै चर्चा भएको छ ।

सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गर्दै उनीहरु स्वार्थी र रुखो बन्दै गएको भन्दै यस्तो हुनु डरलाग्दो भएको पनि उनको भनाइ थियो । २६ वर्षीया सेलिब्रिटी सेलेनाले केन्स फिल्म फेस्टिवलमा यस्तो बताएकी हुन् ।

गत वर्ष मात्रै गोमेजले बिकिनी सहितको एक तस्बिर इन्स्टामा सार्वजनिक गरेपछि उक्त तस्बिरलाई ट्रोल नै बनाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१