चक्रपथ सरसफाई महा- अभियानको १११ हप्ता पार,९ टन फोहर संकलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७६, आईतवार ०४:४१

काठमाडौं । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १११ औ हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १११ औं हप्ता पुरा गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

१११ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ । 
माछापाेखरी चोक देखि गंगाहल क्षेत्र सम्म सफाई गरिएको थियो ।

सडकमा जथाभावी फालिने फोहोरमैला,माटाका ढिस्का र बिग्रेका सबारी साधनले विभिन्न दुर्घटना समेत बढेको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए । अभियानमा ३५० जनाको सहभागी रहेको थियो भने ९ टन फोहोर संकलन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१